१६ फागुन, काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आएको ६.१ म्याग्निच्युडको भूकम्प६.१ म्याग्निच्युडको भूकम्पले जिल्लामा सामान्य क्षति पुगेको छ ।
आज बिहान पौने ६ बजेसम्म प्राप्त विवरणमा मानवीय र ठूलो भौतिक क्षति केही पनि भएको छैन ।सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार आत्तिएर भाग्नेक्रममा लड्दा एक जना कैदीको हात भाँचिएको छ । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।यसअघि गएको पुस ५ गते बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि चार म्याग्निच्युडभन्दा माथिका एक दर्जन हाराहारीमा भूकम्प गइसकेका केन्द्रले जनाएको छ
यसैगरी कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ । ‘जवानहरु बस्ने भवनको भित्ता सामान्य चर्किएको छ,’ प्रजिअ थापाले भने ।














