कनकाई । चन्द्र बस्नेत, झापाको कनकाई नगरपालिका–५ लालपानी स्थित बेनुबाजा अङ्ग्रेजी विद्यालयले आज शुक्रबार वार्षिकोत्सव मनाएको छ ।
विद्यालयले शुक्रबार आज विभिन्न सांस्कृतिक कार्यक्रम गरी २४ औं वार्षिकोत्सव मनाएको हो । विद्यालयका अध्यक्ष प्रेमप्रसाद विमलीको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेल अध्यक्ष विमली तथा प्रिन्सिपल बिनोद सुब्बाले संयुक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेलले शिक्षा क्षेत्रलाई समुन्नत बनाउन सबै एकजुट हुनेपर्नेमा जोड दिनुभयो । उहाँले उत्कृष्ट विद्यार्थी उत्पादनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । नगर प्रमुख पोखरेलले सरकारी शिक्षालाई उत्कृष्ट बनाउन स्थानीय सरकार लागिपरेको समेत उहाँले बताउनुएको थियो ।
नगर प्रमुख पोखरेलले कनकाई नगरपालिकालाई शिक्षाको हव बनाउनका लागि कुनै कसर बाकी नराखेको पनि स्पष्ट पार्नुभयो। उहाँले नगरपालिका मात्रै देशमा एउटा यस्तो नगरपालिका हो जसले निजि विद्यालय र सरकारी विद्यालय दुबैखाले विद्यालयमा अध्यान गर्ने विद्यार्थीहरुलाई खेलकुद लगायातका अतिरिक्त क्रियाकलापका लागि विना भेदभाव सहयोग गरिरहेको बताउँनुभयो ।

नगरपालिकाले कनकाईका. सबै विद्यालयहरुमा कविता लेखन, साहित्य खेलकुद शारिरीक तथा मानशिक वृद्धि विकास हरेक विद्यालयमा २ जना शिक्षक योगाका लागि छुट्टै नियुक्ति लगायातका सबै अतिरिक्त क्रियाकलापमा अन्तर विद्यालय कार्यक्रमका लागि नगरपालिकाले सहयोग गरिरहेकै बताउँनुभएको थियोे ।
कनकाईका सबै विद्यार्थीहरुमा कुनै न कुनै किसिमको गुणहरु आफुमा रहेको हुने र यसलाई अगाडि बढाउनका लागि स्थानीय सरकारले मद्धत गर्ने समेत विश्ववास दिलाउनुभएको थियोे ।
त्यस्तै विशिष्ठ अतिथि उप प्रमुख आशाशर्मा शिवाकोटीले समय अनुसार शिक्षा क्षेत्रलाई परिमार्जन गर्दै अगाडी बढ्नुपर्ने जोडदिनुभयो । उहाँले नानी-वावुहरुको पहिलो विद्यालय आफ्नो घर र पहिलो शिक्षिका आमा नै हो भन्दै असल संस्कारको सुरुवात घरबाटै हुने भन्दै हरेक आमाहरूलाई नानी-वावुहरुको भविष्यको ख्याल गर्दै जिम्मेवारी बहन गर्न सुझाव दिनुभएको थियोे ।उपप्रमुख शिवाकोटीले विद्यार्थीलाई किताबी मात्र नभई व्यावसायिक शिक्षा दिनुपर्नेमा जोड दिनुभएको हो।
कार्यक्रममा प्याब्सन कनकाईका अध्यक्ष बिनोद उप्रेती , जिल्ला सदस्य मोहन थापा , नगर सल्लाहकार अखिल कोईराला , सागर ढुंगाना , सचीव गोकुल उप्रेती , सम्भु पोखरेल , लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । विद्यालयका कक्षा २ का नानी -वावुहरुले गित तथा नृत्यद्वारा स्वागत गर्दै सुरु भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल बिनोद सुब्बाले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
कनकाई ५ लालपानीमा २४ बर्ष अघि स्थापना भएको बेनुबाजा अङ्ग्रेजी विद्यालयमा बिद्यार्थी अविभावकको आकर्षण बढ्दै गएको छ । अविभावक तथा विद्यार्थीले रोजे र खोजेको जस्तै गुणस्तरीय शिक्षा बिद्यालयले दिने भएकाले उक्त बिद्यालयमा बिद्यार्थी अविभावकको आकर्षण बढ्दै गएको पाईएको हो । विद्यालयमा नर्सरीबाट हाल कक्षा१० सम्म पढाई हुने गरेको छ । विद्यालयमा न्युनतम शुल्कमा, डेराभाडा नलाग्ने, आफ्नै घरमा खाएर बसेर शान्त वातावरणमा सर्वसुलभ यातायात ,गुणस्तरीय शिक्षा हासिल गर्न सकिने भएकाले पनि बिद्यार्थी तथा अविभावकहरुको आकर्षण बढेको पाईएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद विमलीले बताउनुभयो ।
बालबालिकाहरू भविष्यका कर्णधार हुन भन्दै बाहिरी ज्ञानलाई पनि उतिकै प्राथमिकता राखिएको र त्यही अनुसार विद्यालयले शिक्षण सिकाइ गरिरहेको पाइएको छ।
विद्यालयमा अनुभवी शिक्षक सुन्दर शान्त व्यवस्थित विद्यालय भवन, छात्र – छात्रा तथा शिक्षकहरुको छुट्टाछुट्टै र सफा सौचालय , खाने पानी , खोजे अनि रोजे जस्तै क्यान्टिनको व्यवस्था , पढाईका साथसाथै अतिरिक्त क्रियाकलाप पनि अब्बल बन्दै गएको पाईएको छ।
२०५७ सालमा थोरै बिद्यार्थीबाट अध्यापन शुरु गरेको बिद्यालयमा हाल ४ सय ५० बढी बिद्यार्थी ३२ बढी शिक्षक शिक्षिका तथा अन्य कर्मचारीहरुका साथमा शिक्षण सिकाइ गरिरहेको पाइएको छ।
विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न समयमा विद्यालय स्तरीय भएका प्रतियोगिता अन्तर्गत धेरै प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको पाइएको हो।














