कनकाई ।चन्द्र बस्नेत ,सुरक्षित वैदेशिक रोजगार सुनिश्चित तथा प्रवासीहरुको दिगो स्थानीय पुनर्स्थापना प्रवर्द्धन परियोजना सम्बन्धि एक दिवसीय अन्तरक्रिया कार्यक्रम झापाको कनकाईमा सम्पन्न भएको छ।
कनकाई वडा न ८ को आयोजना कनकाई नगरपालिकाको संयोजन तथा कारितास जापानको आर्थिक सहयोगमा शुक्रबार आज कनकाई नगरपालिका ८ स्थित लक्ष्मीपुरमा रहेको जेष्ठ नागरिक भवनमा सुरक्षित वैदेशिक रोजगार सुनिश्चित तथा प्रवासीहरुको दिगो स्थानीय पुनर्स्थापना प्रवर्द्धन परियोजना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
कनकाई वडा न ८ का वडा अध्यक्ष लिलाबहादुर कटुवालको सभापतित्वमा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा कार्यपालिका सदस्य वडाका जनप्रतिनिधि वडाका टोलविकास संस्थाका अध्यक्ष सहित पदाधिकारी , विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि क्लब ,वैदेशिक रोजगारबाट फर्किएका युवा , वैदेशिक रोजगारमा गएका परिवार लगायत ५० बढीको सहभागितामा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको हो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष कटुवालले वडा क्षेत्रका हरेक नागरिक वडाको सम्पत्ति भएको भन्दै वडामा युवा पुस्तालाई योग्य र शीपालु बनाउन सक्दो मद्धत गर्ने बताउँनुभयो । मानिसमा श्रमप्रतिको गलत सोचाईलाई परिवर्तन गर्नसकेमात्रै देश विकास हुने भन्दै कुनैपनि काम ठुलो सानो नहुने भन्दै श्रमप्रतिको सोच्ने र हेर्ने दृष्टिकोण बदल्न जरुरी बनिसकेको बताउँनुभयो ।
रोजगारीका लागि विदेशनै जानुपर्छ भन्ने गलत भाष्य देशमा निर्माण भइरहेको भन्दै यसप्रकारको सोचाईलाई बदल्नुपर्ने बताउनुभयो ।
उहाँले भरसक विदेश रोजगारीका लागि नजान र जानैपर्ने भएमा कम्तीमा आधारभुत तहको ज्ञानसीप सिकेर राम्ररी जानकारी लिएर मात्रै जान सहभागिलाई अनुरोध समेत गर्नुभएको थियोे ।
सहभागीहरुले हरके दिन १५ सय युवा विदेशमा रोजगारीका लागि गइरहेको र गएका मध्ये ३ वटा शव वाकसमा समेत आइरहेको भन्दै स्वेदशमै केहि कर्म गर्नका लागि सबैले अभिप्रेरित गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रयास प्रारम्भका निर्देशक लोकप्रिय खनालले सहजीकरण कारितास नेपालका वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन कारितास नेपालका तानसाङ्ग नेम्वाङले गर्नुभएको थियो ।