ईलाम । भरत भाबुक प्रसाई, ईलामको सलकपुर ६ स्थित सामुदायिक सिकाई केन्द्रको सभाहलमा अलैंचीको गुणस्तर  सुधार  र बजारीकरण सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

नेपाल अलैंची व्यवसायी महासंघ तथा उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशको प्राविधक सहयोगमा आयोजित कार्यक्रममा अलैंची उत्पादक ,प्राविधिक र स्थानीय जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

 नेपालको नगदेबालिमा उत्कृष्ट बालि अलैंचीको उत्पादन र निकासीमा ध्यान नदिदा भोग्नु परेको समस्याका सम्बन्धमा विज्ञहरुले आफनो सुझाव प्रस्तुत गरेका थिए ।

IMG_4193अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको उद्धाटन रोङ  गाँउपालिकाका  अघ्यक्ष सुवास तामाङले पानसमा बाती  बालेर गर्नु भएको थियो । 

अलैंची महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष  इन्द्रचन बिन्दलले स्वागत गरेको कार्यक्रमको औचित्यमाथी  अध्यक्ष भट्टराईले प्रकाश पार्नुभएको थियो । 

उहाँले ९ वटा जिल्लामा कृषक ,व्यवसायी र सरोकारवाला पक्षबीच अलैंचीको उत्पादन , गुणस्तर र बजारिकरण सम्बन्धि छलफल गरि त्यहाँबाट प्राप्त सुभावलाई संकलन गरि नीति कार्यक्रम बनाउनु नै अन्तरक्रियाको प्रमुख उदेश्य रहेको बताउनुभयो ।


IMG_4234

उहाँले नेपालमा वार्षिक १९,५०० हेक्टर जमीनमा अलैंची खेतीभई बार्षिक ५.८ हजार मेट्रिक टन उत्पादन  हुने गरेको बताउनु भयो । 

उहाँले ७ दशक अधिबाट सुरुभएको अलैंचीखेती हाल ५३ जिल्लामा विस्तार भई १ लाख २५ हजार कृषक आबद्व रहेको बताउनुभयो । 

अन्तरकृया कार्यक्रममा  अलैंची  कृषक ग्याल्वो सेङवोले अलैंची गवारो र लिफरल रोग,भोलानाथ वाइवाले वटारे रोडा, मुन्टा भाचिने , टिकाराम तामाङले टुसा तलैबाट आउने माथिबाट नआउने समस्या,  मुकुन्द अधिकारीले  बोटको बोक्रा बाक्लो हुने समस्या, कमला अधिकारीले दानामा कमिला लाग्ने गरेको समस्याका सम्बन्धमा कृषि प्राविधिक देवदास दइतलाई प्रश्न राखेका थिए ।

  उद्योग कृषि तथा सहकारीका मन्त्रालय कोशी प्रदेशका ल्याब प्राविधिक देवदास  स्थानीय कृषकहरुको प्रश्नको जवाफ दिनु भएको थियो ।

अलैंची व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा अलैची किसान कुसुम दाहालले   अलैचीको उत्पादन बढाउन शोयल टेस्ट गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालमा समृद्धि ल्याउन कृषि बिकास पहिलो आवश्यकता रहेको बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तव्य राख्दै सहज प्रोजेक्टका प्रमुख प्रतिक देवकोटा अलैंचीको गुणस्तरीयमा कृषक जागरुक हुन सके भारतमा अलैंचीको राम्रो निर्यात गर्न सकिने बताउनुभयो ।

उहाँले भण्डारणमा पनि विशेष ध्यान दिनुपर्ने  बताउनु भयो ।उहाँले नेपालमा प्रयाप्त रुपमा  खेती बिस्तारभएका ठाँउमा अलैंची सुकाउने भट्टीनभएकाले अलैंचीको गुणस्तर न्यून देखिएको कारणले प्रयाप्त मात्रामा भट्टि निर्माण आवश्यक रहेको बताउनु भयो ।

IMG_4228

 नेपाल च्याम्बर  अफ कमर्शका  केन्द्रीय सदस्य तथा अलैंची व्यवसायी महासंघका सल्लाहकार  ओम बिमलीले अलैंचीमा लाग्ने रोगका लागि ल्याब सञ्चालन तथा ब्यवस्थापनमा संधीय सरकार र प्रदेश सरकार उदासिन रहेको बताउनुभयो ।

उहाँले आन्तिरक  उत्पादनलाई प्रश्रय दिनु पर्नेमा जोड दिनु भयो । कार्यक्रमका प्रमुख अतिथि रोङ गाँउपालिका अध्यक्ष सुवास तामाङले किसानलाई  प्रविधि हस्तान्तरण गर्नुपर्ने बताउनु भयो ।उहाँले  प्राविधक सहयोगका लागि गाँउपालिका सधै तयार रहेको बताउनु भयो ।  

गुरु  किसानको मेडेलमा कृषकलाई लिएर गए उत्पादनमा गुणस्तरीयता स्वत देखा पर्ने उहाँले बताउनु भयो । 

सरकार र सरोकारवालाले कृषकलाई सिकाउन सम्झाउन नसकेको बताउनुभयो । कृषक र व्यापारी बिच धनिष्ट सम्बन्ध रहेमा बजारीकरण आफै फस्टाएर जाने बताउनु भयो ।

रोङ गाँउपालिका नेपालकै उत्कृष्ट  अलैंची उत्पादन हुने स्थान भएकाले व्यवसायीहले सहकारिको माध्यमबाट अलैंची किन्ने गरेमा कृषक तथा व्यवसायीले मनग्यै आम्दानी लिन सक्ने बताउनु भयो ।

अलैची बीउ देखि मुख सम्म र्पुयाउन सबैको भुमिका अतुलनीय रहेको उहाँको भनाइ छ । 

 नेपालमा अलैंची उत्पादन प्रबद्र्वन र निर्यात सम्बन्धी काम गर्ने तथा ब्यवसायीको पहलबाट बि.स २०६४ सालमा संघ हुँदै हाल नेपाल अलैची व्यबसायी महासंघको रुपमा रहेको संस्थाले कोशी प्रदेश उद्योग कृषि सहकारी मन्त्रमलय संगको सहजीकरणमा गरी   ९वटा जिल्लामा अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।

IMG_4175

कृषकलाई गुणस्तरीय उत्पादन,टिस्यु कल्चर प्रविधीबाट बिरुवा उत्पादन लगायत बजारीकरणका सन्र्दभमा जानकारी प्रदान गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेको नेपाल अलैंची व्यवसायी महासंघका कार्यलय अधिकृत अनिल ढुङगानाले बताउनुभयो ।

कार्यक्रममा अलैची व्यवसायी पपु मितल, निलु ट्रेड कन्शनका प्रोपाइटर निलकुमार पोदार लगायत स्थानीय अलैची कृषकहरुको उपस्थीति रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेपाल अलैंची व्यवसायी महासंघका महासचिव  नारायण प्रसाद चिमरियाले गर्नुभएको थियो ।