कनकाई , चन्द्र बस्नेत । सुरक्षित वैदेशिक रोजगार सुनिश्चित तथा प्रवासीहरुको दिगो स्थानीय पुनर्स्थापना प्रवर्द्धन परियोजना सम्बन्धि कार्ययोजना २०८२ र सुरक्षित आप्रवासन आपतकालीन कोष व्यवस्थापन तथा सन्चालन निर्देशिका २०८२ निर्माण सम्वन्धका विषयमा एक दिवसीय अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम झापाको कनकाईमा सम्पन्न भएको छ।
कनकाई वडा न १ को आयोजना कनकाई नगरपालिकाको संयोजन तथा कारितास नेपालको आर्थिक सहयोगमा सोमबार आज कनकाई नगरपालिकाको सभाहलमा
सुरक्षित वैदेशिक रोजगार सुनिश्चित तथा प्रवासीहरुको दिगो स्थानीय पुनर्स्थापना प्रवर्द्धन परियोजना सम्बन्धि कार्ययोजना २०८२ र सुरक्षित आप्रवासन आपतकालीन कोष व्यवस्थापन तथा सन्चालन निर्देशिका २०८२ निर्माण सम्वन्धका विषयमा एक दिवसीय अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम झापाको कनकाईमा सम्पन्न भएको हो।
कनकाई वडा न १ का वडा अध्यक्ष शुसिलकुमार पोखरेलको सभापतित्वमा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा वडाका जनप्रतिनिधि अध्यक्ष पोखरेल , वडा सदस्यहरु दलबहादुर थापा, हरिकुमार राई निर्मला खड्का वडा भित्रका टोलविकास संस्थाका अध्यक्ष सहित पदाधिकारी , वडाका पाटी प्रतिनिधि ,विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि क्लब ,वैदेशिक रोजगारबाट फर्किएका युवा , वैदेशिक रोजगारमा गएका परिवार लगायत ३० बढीको सहभागितामा छलफल तथा अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम गरेको वडा सदस्य हरिकुमार राईले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष पखरेलले वडा क्षेत्रका हरेक नागरिक वडाको सम्पत्ति भएको भन्दै वडामा युवा पुस्तालाई योग्य र शीपालु बनाउन सक्दो मद्धत गर्ने विश्वास दिलाउनुभयो ।
मानिसमा श्रमप्रतिको गलत सोचाईलाई परिवर्तन गर्नसकेमात्रै देश विकास हुने भन्दै कुनैपनि काम ठुलो सानो नहुने भन्दै श्रमप्रतिको सोच्ने र हेर्ने दृष्टिकोण बदल्न जरुरी बनिसकेको बताउँनुभयो ।
रोजगारीका लागि विदेशनै जानुपर्छ भन्ने गलत भाष्य देशमा निर्माण भइरहेको भन्दै यसप्रकारको सोचाईलाई बदल्नुपर्ने बताउनुभयो ।
उहाँले भरसक विदेश रोजगारीका लागि नजान र जानैपर्ने भएमा कम्तीमा आधारभुत तहको ज्ञानसीप सिकेर राम्ररी जानकारी लिएर मात्रै जान सहभागिलाई अनुरोध समेत गर्नुभएको थियोे ।
सहभागीहरुले हरके दिन १५ सय युवा विदेशमा रोजगारीका लागि गइरहेको र गएका मध्ये ३ वटा शव वाकसमा समेत आइरहेको भन्दै स्वेदशमै केहि कर्म गर्नका लागि सबैले अभिप्रेरित गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रयास प्रारम्भका निर्देशक लोकप्रिय खनालले सहजीकरण कारितास नेपालका वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले स्वागत तथा औचित्य माथी प्रकाश पारेको कार्यक्रमको सञ्चालन कारितास नेपालका तानसाङ्ग नेम्वाङले गर्नुभएको थियो ।














