काठमाडौँ — थापाथलीमा मेलम्चीको खानेपानी वितरण हुने पाइप फुट्दा सडकमै खाल्डो परेको छ  ।

मंगलबार बिहान पाइप फुट्दा प्रसूति अस्पताल जानेतिरको सहायक सडकमा खाल्डो परेको हो ।

पाइप फुटेपछि उक्त स्थानमा आउने पानी काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्रले बन्द गरिदिएको छ ।

बिहानदेखि नै महानगरपालिकाका कमर्चारी आएर डोजरको सहयोगमा सडकको सरसफाइ र पाइप मर्मतको काम गरिरहेका छन् ।

पाइप फुटेर अत्यधिक पानी बग्दा छेउछाउका केही घर र पसल जलमग्न भएका छन् ।

गत माघ ३० गते पनि बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि जलमग्न भएको थियो ।

पाइप फुटेपछि जिल्ला अदालत काठमाडौं अगाडिको सडक र वन परिसरभित्र रहेका सरकारी कार्यालयहरू डुबानमा परेका थिए