झापा । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष गुरु बरालले सुखानी सदाहतस्थलमा उभिएर एमाले बाहेक कसैले सदिहको सपना पुरा गर्न नसक्ने बताउनु भएको छ ।

नेकपा (एमाले) झापा र इलामको आयोजनामा आज सुखानी सदाहत स्थलमा आयोजित स्मृति दिवसमा उहाँले सहिदको सपना गर्न नेकपा एमाले प्रतिवद्ध रहेको बताउनुभयो ।

सुशासन, विकास र समृद्धि हासिल गरेपछि मात्रै सुखानीका सहिदहरुको सपना पुरा हुने बताउँदै उहाँले गन्तव्यहिन यात्रामा रहेका, अलमलमा परेकाहरुलाई पार्टीमा फर्किन आव्हान गर्नुभयो ।नेता बरालले संविधानका सवल पक्षलाई अघि बढाउदै कमजोरी रहेको अवस्थामा सच्याएर जानुपर्ने बताउनुभयो ।

7संविधान कार्यान्वयनको चरणमा कुनै कमजोरीहरु रहेको खण्डमा सच्याएर जाने सकिने धारणा व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि बरालले नेपाली कांग्रेससँग प्रतिष्पर्धा र सहकार्य रहने बताउनुभयो ।

 जनहितमा जारी

कार्यक्रममा नेत्र घिमिरेको छोरी कल्पना घिमिरेले सहिद परिवारलाई कुनै स्वार्थ नरहेको बताउनु भएको छ । विगतमा सबैखाले समस्याहरु भोगियो, अब जनताको सुख नै सहिद परिवार एक मात्र स्वार्थ हुने उहाँको धारणा छ ।

20250305_103621


सुखानी सहिदहरुको प्रेरणाले नै लाखौं नेपालीहरु नेकपा एमालेमा लागेको र देशको सबैभन्दा ठुलो कम्युनिष्ट पार्टी बन्न सफल भएको उहाँको भनाई छ । उहाँले सहिदले देखाएको बाटो नभुल्न आग्रह गर्दै जनताको चहानालाई प्राथमिकतामा राखेर जानुपर्ने बताउनुभयो ।

वि.सं. २०२९ साल फागुन २१ गते झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने नाममा तत्कालीन झापा विद्रोहका पाँच जना नेताहरु दाहाल, घिमिरे, कुइँकेल, राजवंशी र श्रेष्ठलाई तत्कालीन सरकारले सुखानीको जंगलमा हत्या गरेको थियो ।