झापाको कनकाई–७ स्थित दुर्गापुरमा रहेको फक्तालुङ एजुकेशन फाउण्डेशनले लागू पदार्थ दुर्व्यसन बिरुद्ध सचेतनाका लागि  एकदिने सडक नाटक ‘पाठशाला’ प्रदर्शन गरेको छ । 

फक्तालुङ एजुकेशन फाउण्डेशन बिद्यालयको समन्वयमा फक्तालुङ बाल क्लबको आयोजनामा आईतबार  नाटक प्रर्दशन गरिएको बिद्यालयका प्रधानध्यापक  ओमबिक्रम नेम्वाङले जानकारी दिनुभयो ।

फक्तालुङ बाल क्लबकी अध्यक्ष सिखा सेन्चुरीको अध्यक्षतामा भएको कार्यक्रममा  कनकाई–७ का वडाध्यक्ष भिष्मभूषण सिटौलाको प्रमुख आतिथ्य रहेको थियो ।  कार्यक्रममा  नगर बालकल्याण अधिकारी उपनाथ ढकालको बिशेष आतिथ्य रहेको थियो । 

स्वागत फक्तालुङ बालक्लबका उपाध्यक्ष अंकुर उप्रेतीले गरेको कार्यक्रममा प्रमुख अतिथि सिटौला, बालकल्याण अधिकारी ढकाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

कार्यक्रममा फक्तालुङ बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष दुर्गा नेम्वाङ, भृकुटी माविका प्रधानध्यापक चण्डीकाप्रसाद उपाध्याय, दुर्गापुर प्रहरी बिटका इन्चार्ज झमक चौहान, नगर बालकल्याण अधिकारी समिति सदस्य शिशिर भट्टराई, नगर शिक्षा समिति सदस्य पुष्पा पौडेल, सरस्वती बालक्लबका निवर्तमान अध्यक्ष रिजन तिम्सिना लगायतको आतिथ्य रहेको थियो । 

कार्यक्रमको औचित्यमाथि प्रकाशसहित स्वागत शिक्षक एन्जल पोखरेलले गरेको कार्यक्रम सञ्चालन बालक्लवकी  सचिव कुसुम ढुङ्गानाले गर्नुभएको थियोे ।