कनकाई,चन्द्र बस्नेत । झापाको कनकाईमा जारी जिल्ला स्तरीय महिला फुटबल प्रतियोगितामा काकरभिट्टाको महिला फुटबल टिम फाईनलमा पुगेको छ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा प्रसिद्ध पर्यटकीयस्थल जामुनबारी सामुदायिक वनको प्राकृतिक खेल मैदानमा बुधबार आज भएको पहिलो सेमिफाइनलमा खेलमा काकरभिट्टाको महिलाफुटबल टिम बारर्दशीको महिला फुटबल टिमलाई ५-० गोल अन्तरले पराजित गर्दै उपाधी नजिक पुगेको
आयोजक कनकाई खेलकुद प्रतिष्ठानका उपाध्यक्ष भुवन खतिवडाले जानकारी दिनुभयो ।
खेल अबदिभर काकरभिट्टाका खेलाडीले दबाबमा राखेका थिए । खेलको पहिलो हापमा २ गोल लगाएको काकरभिट्टालेले दोस्रो हापमा थप ३ गोल गरेसगै बारदशी माथी काकरभिट्टाको महिला फुटबल टिमले ५-० को जित दर्ता गरेको हो।
खेलको म्यान अफ द म्याच विजेता काकरभिट्टा टिमको जर्सी न ९ कि खेलाडी रितिका थापा घोषित भएसगै उनले नगद २ हजार १ सय रुपैयाँ प्राप्त गरेको आयोजक संस्थाका अध्यक्ष छवि थपलियाले जानकारी दिनुभयो ।

भोलि २९ गते गते बिहीबारको दोस्रो सेमिफाइनलमा कनकाई र शिवसताक्षी नगरपालिकाको महिला फुटबल टिमबीच प्रतिस्पर्धा हुने खेल संयोजक गीता खरेलले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार रुपैयाँ र उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने आयोजक कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले जानकारी दिनुभयो । कार्यक्रमकै अवसरमा खेलको माध्यमबाट खेलकुदको विकास र खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक अध्यक्ष छवि थपलियाले बताउनुभएको थियो ।
जिल्लाका ८ टिम सहभागी प्रतियोगिताको फाइनल खेल आगामी चैत २ गते हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको प्रतियोगितामा जामुनबारी सामुदायिक वन उपभोक्ता समूह एवं जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र सहआयोजकका रुपमा रहेको छ।














