बिर्तामोड, बिर्तामोडमा महिला मेयर भएकाकारण आएको सघन सहरी विकास कार्यक्रम अन्तर्गतका योजनाहरु सम्पन्न भएका छन् । 

वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग (१२ सय ४०मि) मा कालोपत्रे गरेसंगै ७ वटा योजनाहरु सम्पन्न भएका हुन् । सघन सहरी विकास कार्यक्रम अन्तर्गत बिर्तामोडमा ६ वटा सडकको स्तरोनन्ति र एउटा सामुदायिक भवन निर्माण गरीएको हो ।

0edb09ad-f580-4b28-af4e-472614d66ad4

स्तरोनन्ति गरीएका सडकहरुमा वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग (१२ सय ४०मि) र अतिथि सदन रोड (९ सय २५ मि), वडा नम्बर २ को बानालाल मार्ग (१ कि.मि), वडा नम्बर ३ को करेलाबारीबाट ग्रामकाली टोल हुँदै बिराटपोखर विद्यालय जाने सडक  (१२ सय ४० मि), वडा नम्बर ८ को गरामनी- कटहरडाँगी हुँदै हल्दीबारी जोड्ने सडक (१२ सय ४० मि) र  बुट्टाबारी एभरेष्ट स्कुलहुँदै हरिहर आश्रम सडक (१२ सय ४० मि) रहेको छ । 

45a6173d-4be2-4707-95b1-1478981c408eकरीब ७ किलोमिटर सडकसंगै वडा नम्बर ६ मा रहेको हरियाली सामुदायिक वनमा एउटा सामुदायिक भवन पनि निर्माण गरीएको छ । 

सबै योजनाको नगर प्रमुख पवित्रा महतारा प्रसाईले गत भदौ २० गते एकमुष्ठ शिलान्यास गर्नु भएको थियो । 

शान्ति उद्धेश्य निर्माण सेवाले भ्याटबाहेक ६ करोड ३१ लाख रुपैयाँमा ठेक्का लिएर काम सम्पन्न गरेको हो । 

794213bc-d828-4e5f-827f-5fc42fac167d

कार्यबाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले केहि सडकहरुमा ड्रेनको समस्या रहेकोले आगामी वर्षका योजनाहरुमा समेट्ने बताउनु भएको छ ।

यस्तै नगरका प्रवक्ता तथा वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले वडा नम्बर १ मा रहेको धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग २०१५ साल भन्दा अगाडीको सडक रहेको र यसमा पनि कालोपत्रे गर्न सफल भएको भन्दै खुशी व्यक्त गर्नु भयो ।

ede8cd2b-0fb2-4870-bc95-95e622bd8ea9

उहाँले सबै कालो पत्रेका कामहरु गुणस्तरीय रहेको बताउनु भएको छ । 

ठेकेदार नयन बरालले योजना सञ्चालनको समयमा जनप्रतिनिधिले राम्रो साथ दिएको बताउनु भयो ।

वडा नम्बर १ संगै समग्र बिर्तामोड नगरपालिकाको काममा आफुहरु सन्तुष्ट रहेको स्थानीयको भनाई छ ।