सुनसरी । युवराज प्रसाई, इटहरी आइतबारे स्थित दर्गापार्टी प्यालेसमा प्रसाई ट्रष्ट कल्याण कोष सुनसरी जिल्ला कार्य समितिको जिल्ला अधिवेशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
निर्वमान अध्यक्ष रामबाबु प्रसाईका अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रसाई ट्रष्ट कल्याण कोषका केन्द्रिय अध्यक्ष टीकाप्रसाद प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो ।
अधिवेशनले निर्मला प्रसाईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
जसमा उपाध्यक्ष लक्ष्मण प्रसाई,सचिव टिका प्रसाई,कोपाध्यक्ष ज्योति निरौला प्रसाई,सदस्यहरु ,मिना सिटौला प्रसाई, राम कुमार प्रसाई,कोमल बस्नेत प्रसाई, यमुना न्यौपाने प्रसाई, कल्पना श्रेष्ठ प्रसाई रहनु भएको छ ।
कार्यक्रममा असल बुहारीका रुपमा मधुतिम्सना प्रसाईलाई प्रमुख अतिथी प्रसाईले प्रमाणपत्र दोसल्लाले सम्मान गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रमका बिच जेष्ठ नागरिकका रुपमा बुबा देवीप्रसाद प्रसाई र आमा गायत्रा प्रसाईलाई सम्मान गरिएको थियो । निर्वाचित अध्यक्षको तर्फबाट स्विकारोक्ति मन्तव्य राख्दै निर्मला प्रसाईले समुदायको हित र उन्नयनमा विविध कार्यक्रम गर्दै प्रसाई ट्रष्ट कल्याण कोषलाई चलायमान बनाउने बताउनु भयो ।

उहाँले विचार र भावनात्मकरुपले एक हुन सम्पूर्ण प्रसाई बन्धुहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा आर्थिक प्रगति विवरण कोषाध्यक्षबाट , कार्यप्रगति प्रतिवेदन अध्यक्ष रामबाबु प्रसाईले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सुनसरीका बिभिन्न स्थानबाट आउनु भएका बन्धुहरुले गित कविता प्रस्तुत गर्दै कार्यक्रमलाई रोचक बनाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रामबाबु प्रसाईले आफ्नो सारगर्भिक निर्देशन सहित नव निर्वाचित कार्यसमितिलाई शुभकामना दिनुभयो । उहाँले प्रसाई जात मात्रै नभएर पारस्परिक एकताको प्रतिक हो भनेर चिनाउन लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा केन्द्रिय सल्लाहकार संयोजक, कृष्ण प्रसाई,केन्द्रिय उपाध्यक्ष गोपीकृष्ण प्रसाई, केन्द्रिय सदस्य रोहित कुमार प्रसाई,गोकुल प्रसाई,राजकुमार प्रसाई,मोरङ जिल्ला सभापति मणिराज प्रसाई, बन्धु समाजका तर्फबाट अन्जना खरेल तथा नरेन्द्र उप्रेती, पत्रकार तथा शिक्षक युवराज प्रसाई लगायतको आथित्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन निर्वमान सचिव निर्मला प्रसाईले गर्नुभएको थियो ।














