झापा  । भरत भाबुक प्रसाई, झापा गाउँपालिका–५, पन्थापाडास्थित श्री महेन्द्र मा.वि.को खेलमैदानमा पहिलो पटक सुपर सिक्स क्रिकेट च्याम्पियनशिप हुने भएको छ ।

स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल भन्ने मुल नाराका साथ   चैत्र ८ र ९ गते  आयोजना गरिएको दुई दिवसीय खेलमा  झापा जिल्ला भित्रका विभिन्न क्लबहरुको सहभागिता रहने आयोजक समितिका संयोजक गिरीबन्धु राजंवशीले बताउनुभयो ।

उहाँले खेलका माध्यमबाट जातिगत तथा सांस्कृतिक एकता स्थापित गर्दै युवाहरुलाई कुलतमा फस्नबाट जोगाउन प्रतियोगिताको आयोजना गरिएको बताउनु भयो ।

 प्रतियोगितामा १६ टोलीको सहभागिता रहने संयोजक राजवंशीले बताउनु भयो ।

सुपर सिक्स क्रिकेट च्याम्पियनशिप ६ ओभरको हुने र पहिलो दिन ६ भन्दा बढी टोलीको प्रतियोगिता गराइने उहाँको भनाई छ ।

3e4b6d1f-c563-475f-9281-f7658eef80d4

 प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार नगद सहित ट्रफी, मेडल र उपविजेतालाई १५ हजार सहित ट्रफी,मेडल प्रमाणपत्र पुरुस्कार रहेको  आयोजक राजवंशी खेलकुद बिकास समितिका  अध्यक्ष बुधकरण राजवंशीले बताउनु भयो ।

उहाँले पुरस्कारको व्यवस्थापनमा विशेष सहयोग गर्ने  सम्पूर्ण दाताहरुलाई विशेष धन्यवाद दिनु भयो ।

प्रतियोगिताको अफिसियल मिडिया पार्टनरको रुपमा मोफसल अन्लाइन टिभी रहेको राजवंशी खेलकुद विकास समितिका उपाध्यक्ष मनिषा राजवंशीले बताउनुभयो ।