बिर्तामोड, भरत भाबुक प्रसाई । पत्रकार महासंघ कोशी प्रदेशको आयोजनामा ‘पत्रकारिता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका’ बिषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।

झापाका १५ पालिकाभित्र आबद्व पत्रकारहरुको सवलीकरणका निम्ति स्थानीयतहलाई सुझाव  सहितको प्रतिबद्वताका निम्ति कार्यक्रमको आयोजना गरिएको पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले जानकारी दिनुभयो । 

 कार्यक्रममा झापा शाखाका अध्यक्ष एकराज गिरीले कार्यपत्र प्रस्तुत गर्दे झापाली पत्रकारहरुले भोग्नुपरेको पिडा एवं धराशायी हुँदै गएको सञ्चार गृहको संरक्षणकाका लागि स्थानीय तहले खेल्ने भुमिकाका सम्बन्धमा जिज्ञासा राख्नु भएको थियो ।

उहाँले झापाको सञ्चारमाध्यमको बिषयमा जानकारी गराउनुका साथै जनप्रतिनिधीहरुको सुझाव र अपेक्षा  माग्नुभएको थियो । सुझाव दिने क्रमममा झापाका अधिकांश पालिकाहरुको प्रमुख तथा उपप्रमुखहरुले सञ्चारकर्मीकार्य शैलीमाथी प्रश्न उठाउदै असन्तुष्टि पोखेका थिए । 

6666666666666666666666666 अधिकांश वक्ताहरुले पत्रकारहरुले निष्पक्ष पत्रकारीता गर्नुपर्नेमा जोड दिएका  छन् । 

 पत्रकारहरुले पालिकाले गरेका राम्रा कामलाई समेत ओझेलमा पार्ने गरी स–साना त्रुटीहरुलाई तिलको पहाड बनाउने गरेको भन्दै उनीहरुले गुनासो समेत व्यक्त गरेका छन् ।

  सुझाव दिदै बिर्तामोड नगरपालिकाका कार्यवाहक नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बिर्तामोड नगरपालिकाले कार्यविधी बनाएर स्थानीय सञ्चारमाध्यमको सम्बद्र्धनमा काम गरिरहेको बताउनु भयो ।

उहाँले पत्रकारहरुलाई   अलि बढी माया गर्ने अन्य पालिकाहरु भन्दा बिर्तामोड नगरपालिका नै रहेको बताउनु भयो । उहाँले आर्थिक वर्षबाट ३८ हजार दिइदै आएको लोक कल्याणकारी बिज्ञापन शिर्षकमा वृद्वी गरि ५०,हजार पु¥याइएको बताउनु भयो । 


8888888 2

उहाँले  पालिकाले सञ्चारक्षेत्रका लागि ५० लाख बजेट बिनियोजन गरी काम गरिरहेको जानकारी  बताउनु भयो । सञ्चारकर्मीहरुले पालिकाहरुले गरेका राम्रा कामलाई समेत प्राथमिकता दिनु पर्ने र कुनै त्रुटी भए त्यसलाई समेत औँल्याइदिन आग्रह गर्नुभयो । 

कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले पत्रकारको हक हितका लागि छाता संस्थाको रुपमा रहेको नेपाल पत्रकार महासंघले के गरिरहेको छ ? भन्दै प्रश्न  गर्नुभयो ।

समाचार भ्युजका लागि हैन बिषयवस्तुमा आधारित हुनु पर्नेमा जोड दिइन् । संविधानमा नै व्यवस्था नभएको राजतन्त्रको बिषयमा सडकमा मानिस आइरहँदा सञ्चारकर्मीहरुको भूमिका के हुन्छ ? भन्दै प्रश्न  गर्नुभयो । त्यस्ता संविधान विरोधी गतिविधीको पत्रकारले डटेर खण्डन गर्नुपर्ने उहाँको भनाइ छ । 

999999

उहाँले पत्रकारहरुको संरक्षण र सवलीकरणमा पालिकाले  सधै आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले स्थानीय जनप्रतिनिधीहरुलाई छोटे राजाको उपमा दिएर सञ्चारकर्मीहरुले होच्याउने गरेको भन्दै रोष प्रकट गर्नुभयो ।

स्थानीय सरकारले थुप्रै राम्रा काम गरेपनि नकारात्मक काममात्र बाहिर आउने गरेको भन्दै पत्रकार आचारसंहितालाई कडाइका साथ लागू गराउन नेपाल पत्रकार महासंघलाई आग्रह गर्नुभयो । 

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले सञ्चारमाध्यममा नकारात्मक कुराले बढी स्थान पाउने गरेको भन्दै गुनासो पोख्नु भएको छ । 

बुद्धशान्ति गाउँपालिकामा खोला र हात्तीको बढी समस्या भएपनि त्यस तर्फ कसैले कलम नचलाउने तर जनप्रतिनिधीहरुको राजनीतिक भविष्य नै समाप्त गर्ने गरी पत्रकारले समाचार सम्प्रेषण गर्ने गरेको गुनासो  गर्नुभयो । 

 पालिकाले गरेका राम्रा कामलाई स्वाहा पार्ने गरी समाचार बनाउनुको साटो सत्यतथ्य सम्प्रेषण गर्न उहाँले पत्रकारहरुलाई अनुरोध गर्नुभयो ।



Capture 3

उहाँले सम्पूर्ण  पत्रकारले आफ्नो पेशाको मर्यादालाई कायम राख्न आग्रह गर्नुभयो । कुनै बिषयमा समाचार सम्प्रेषण गर्दा पालिकासँग समन्वय गरिदिन आग्रहसमेत गर्नुभयो । दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले सञ्चारकर्मीहरु राजनीतिक दलको प्रवक्ता नबन्न आग्रह गर्नुभयो । समाचारमा सत्यतथ्य बुझेर सकारात्मक र नकारात्मक दुवै आउनु पर्नेमा जोड दिनुभयो । उहाँले पत्रकार राजनितिक दलका कार्यकर्ता बन्नु नहुने बताउनु भयो । उहाँले सरकारप्रति जनताको नैराष्यता बढाउने कुरामा सञ्चारकर्मीहरुको पनि भूमिका रहेको भन्दै दुखेसो पोख्नु भयो ।

कनकाईका नगर प्रमुख राजेन्द्र पोखरेलले जनप्रतिनिधीहरुलाई केहि सञ्चारकर्मीले एकोहोरो खेदो गर्ने तर आफ्नो आलोचना सम्प्रेषण गर्न सक्नुहुन्छ ? भन्दै प्रश्न गर्नुभयो । शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले राष्ट्रियतालाई कमजोर बनाउने समाचार लेख्न नहुनेमा जोड दिनुभयो । जुनसुकै दलको राष्ट्रप्रमुख भएपनि नकारात्मक समाचारहरु बाहिर आउँदा त्यसले राष्ट्रियता कमजोर बनाउनुका साथै स्वाधिनतामा समेत खलल पुग्ने उहाँको भनाइ छ । 

भद्रपुर नगर प्रमुख गणेश पोखरेलले विचार विहिन पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो ।आफ्नो विचार मिल्ने जनप्रतिनिधीलाई देवत्वकरण गर्ने र विचार नमिल्नेलाई खुइल्याउने काम भइरहेको बताउनु भयो ।उहाँले निष्पक्ष पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो ।

99999999999999

भद्रपुरले सञ्चारमा २० लाख रुपैँया बजेट बिनियोजन गरिएको र प्रेस क्लबसँग समन्वय गरि काम गरिरहेको बताउनु भयो । झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले पत्रकारले राम्रो कुराको खोजी गर्नुपर्ने बताउनुभयो । 

सञ्चारमाध्यमले उपाध्यक्ष÷उपप्रमुखलाई महत्व नदिने गरेको उहाँको गुनासो  थियो । जनप्रतिनिधीको पनि कमजोरी भए सच्चिने र पत्रकारहरुले पनि सच्चिनुपर्ने उहाँको भनाई थियो ।

उहाँले पालिकाको बजेट विकासमा बढी खर्च गर्नुपर्ने भएकाले सञ्चार क्षेत्रलाई धेरै दिन नपुग्ने बताउनुभयो । उहाँले स–सानो बिषयमा खुइल्याउने भन्दै पत्रकारमाथि विश्वास नभएको उहाँले बताउनु भयो ।


अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले घरैपिच्छे सामाजिक सञ्जाल चलाउने पत्रकार भएको र घर झगडा गराउने गरेको भन्दै गुनासो गर्नुभयो ।


हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले विचारविहिन पत्रकारिता भएमात्र निष्पक्ष हुनसक्नेमा जोड दिनुभयो । पालिकाले यस बर्षबाट उत्कृष्ट विकास पत्रकारिता पुरस्कार शुरुवात गर्न लागिएको जानकारी दिनुभयो । 


गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले पालिकाले सञ्चारमा ४० लाख बजेट बिनियोजन गरिएको जानकारी दिनुभयो ।

पालिकाले प्रकाशन गर्ने सूचना राष्ट्रिय सञ्चारमाध्यमलाई नै दिनुपर्ने भन्ने ऐन भएकाले चाहेरपनि स्थानीयमा दिन नसकिएको गुनासो गर्नुभयो ।

उहाँले महासंघले यस्ता बाध्यकारी ऐन संसोधनका लागि पहल गरिदिन आग्रहसमेत गर्नुभयो ।

नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष माधव विद्रोहीले जनपप्रतिनिधीहरुले दिएको सुझाव मननयोग्य भएको भन्दै त्यस तर्फ महासंघले पहल गर्ने बताउनु भयो ।


उहाँले  सामाजिक सञ्जाल प्रयोगकर्ता र आमसञ्चारमाध्यममा काम गर्ने पत्रकारहरुको बिचमा जनप्रतिनिधीले फरक छुट्याउनुपर्ने बताउँदै मुलधारको सञ्चारमाध्यममा तल्लोस्तरका समाचार प्रकाशन नहुने धारणा राख्नुभयो ।



8888888888888888888888888888888888888

कार्यक्रममा झापाको मेचीनगर र गौरीगञ्जबाहेक अन्य पालिकाका प्रमुख तथा उपप्रमुख र केहि पालिकाका प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको थियो ।

सञ्चार नीति निर्माण गरि स्थानीय पत्रकारिता क्षेत्रको सवलीकरणमा हस्ताक्षर गरी उनीहरुले सामूहिक प्रतिबद्धता जनाएका छन्  ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजना तथा झापा शाखाको समन्वयमा भएको कार्यक्रमलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक सहयोग गरेको हो ।

कार्यक्रम पत्रकार महासंघ कोशीकी महासचिव हिमा चेम्जोङले सञ्चालन  गर्नुभएको थियो ।