सुरुङ्गा ।  चन्द्र बस्नेत, कनकाई नगरपालिकाले राजश्व संकलन घुम्ति शिविर शरु गरेको छ । नगरपालिका भित्रका ब्यवसायीहरुलाई लक्षित गरेर आज (बिहीवार)बाट कनकाई–३ सुरुङ्गा बजारस्थित पाथिभरा जेष्ठ नागरिक चौतारीबाट  शिविर शुरु गरिएको हो ।

नगरभित्र विगत लामो समयदेखि ब्यवसाय नविकरण नगरी सञ्चालन भइरहेका उद्योग, कलकारखाना, ब्यवसायलाई पछिल्लो दुई बर्षको मात्र राजश्व बुझाएर नवीकरण गराउने उदेश्यले घुम्ति शिविर आयोजना गरिएको नगरका जिन्सी शाखा अधिकृत भोजराज आचार्यले जानकारी दिए ।

उनका अनुसार शिविरमा नयाँ ब्यवसाय दर्ता गरिने साथै शिविर अवधिभर दर्ता नविकरण गर्दा २० प्रतिशत छुटको ब्यवस्था गरिएको छ ।

पिछल्लो २ बर्षको नविकरणको समेत जरिवाना नलाग्ने बताइएको छ । शुरुवाती अवस्थामा ७ दिनका लागि शिविर सञ्चालन गरिएको र आवश्यकता अनुसार थप घट हुन सक्ने भोजराज आचार्यले जानकारी दिए ।


2ed525f1-0858-4b4e-be3a-78b8b3b22d79

शिविरको पहिलो दिन यो समाचार तयार पार्दासम्म १५ वटा ब्यवसाय दर्ता र नविकरण भइसकेको र त्यसवापत ४५ हजार २५ रुपैयाँ राजश्व संकलन भएको आचार्यले बताए । शिविरको उद्घाटन नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उप–प्रमुख आशा शर्मा शिवाकोटी र प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले संयुक्त रुपमा गरेका थिए ।

शिविर कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले लामो समयदेखि ब्यवसायी नबिकरण गर्न नसकिरहेका ब्यवसायीहरुबाट पुरानो नबिकरण शुल्क छुट गरिदिए नियमित रुपमा ब्यवसायन बिकरण दर्ता गरेर चलाउन गुनासो आएकाले उक्त गुनासोलाई सम्बोधन गर्दै छुटसहितको घुम्तिशिविर सञ्चालन गरिएको बताए ।

घुम्ति शिवरमा सवै नविकरण गर्ने ब्यवसायी र दर्ता गर्नेलाई छुट दिइएकोले समयमै आएर र नयाँ दर्ता आग्रह गरे ।


नगर उपप्रमुख आशा शर्मा शिवाकोटी आगामी दिनमा कार्यपालिका बैठकमा निर्णय गरेर फोहोरमैला संकलनको शुल्क लिने बताइ्एकी छिन् ।


यसैगरी  नगरका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले, सवैले समयमै कर तिरेर स्थानीय सरकार सञ्चालनमा सहयोग गर्न आग्रह गरे । कार्यक्रमको सञ्चालन कर्मचारी कमला विश्वकर्माले गरेकी थिइन् ।