झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले कनकाईस्थित सुरुङ्गामा रहेको सेवा केन्द्रमा १६ औं स्थापना दिवसका अवसरमा बिभिन्न कार्यक्रम गरेको छ ।
साकोसले आज (शनिवार) सुरुङ्गामा रक्तदान, दन्त परिक्षण, आँखा शिविर, बित्तय शिक्षा, सदस्य सम्मान तथा पुरस्कृत, बिद्यार्थीलाई ब्याग वितरणलगायतका कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो ।
साकोसका अध्यक्ष बुद्धिसागर बरालको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई–३ का वडाध्यक्ष युवराज चम्लागाईको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि चम्लागाई, भृकुटी मावि दुर्गापुरका प्रधानाध्यापक चण्डीकाप्रसाद उपाध्यय, लालपानी माविका प्रधानाध्यापक बालकृष्ण प्रसाई, भगवती साकोसका उपाध्यक्ष तोम बाह्रकोटीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

सोही कार्यक्रमका बिच भृकुटी माविका २५ जना बिद्यार्थीलाई ब्याग बितरण गरिएका थियो भने सुरुङ्गा सेवा केन्द्रका सदस्य प्रिति गर्ग, भिष्म बुर्जामगर, उदयनाथ शाह, लोकेन्द्र खड्का र कमलप्रसाद थपलियालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बित्तिय शिक्षा प्रदान गरिएको थियो । बित्तिय शिक्षाको शहजीकरण संस्थाका व्यवस्थापक कमल घिमिरेले गर्नुभएको थियोे ।
दन्त परिक्षण स्वर्णपार्वती डेन्टल दमकका डा. भोगेन्द्रकुमार सिंहको नृतृत्व, आँखा शिविर पाथिभरा नेत्रालय दमकका डा. शिवशंकर महतको नेतृत्व र रक्तदान कार्यक्रम रेडक्रम उपशाखा दमकको प्राविधक सहयोग तथा डा. सिद्धार्थ दाहाल नृतृत्वको टोलीले गरेको सुरुङ्गा सेवाकेन्द्रका प्रमुख विनोद घिमिरेले जानकारी दिनुभयो ।

झापा र मोरङ कार्यक्षेत्र रहेको साकोसको मुख्य कार्यालयसहित ५ वटा कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ ।
गत चैत ७ गतेदेखि ११ गते मुख्य कार्यालयसहित सवै सेवा केन्द्रमा स्थापना दिवसको अवसरमा यस प्रकारका बिभिन्न कार्यक्रम गर्दै गरेको सुरुङ्गा सेवा केन्द्रका प्रमुख विनोद घिमिरेले जानकारी गर्नुभएको थियो ।
कार्यक्रममा कनकाई नगर सहकारी प्रतिनिधि कमला विश्वकर्मा, सुरुङ्गा जेसीजकी उपाध्यक्ष सरिता गुरागाई, दोमुखा सहकारीका ब्यवस्थापक रमेश बाह्रकोटीलगायतको आतिथ्य रहेको थियो ।
१० हजार ४३० जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी ११ करोड ४५ लाख ७०० रुपैयाँ रहेको बताइएको छ । यस्तै सुरुङ्गा सेवा केन्द्रमा १०३० सदस्य रहेका छन् भने ७४ लाख ९६ हजार ५०० शेयरपुँजी रहेको बताइएको छ ।
स्वागत साकोसका सञ्चालक समिति सदस्य राजेन्द्र श्रेष्ठले गरेको कार्यक्रमको सञ्चालन संस्थाका मुख्य कार्यालयका ब्यवस्थापक कमल घिमिरेले गर्नुभएको थियो ।














