एजेन्सी। अमेरिकाको न्यु मेक्सिकोस्थित लस क्रुसेसमा शनिबार भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ। १४ जना घाइते भएका छन् ।
गोलीबारी भएको जानकारी पाउने बित्तिकै प्रहरीले घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गर्दै स्थानीय अस्पतालमा भर्ना गरेको थियो ।
अधिकारीहरूले यस मुद्दासँग सम्बन्धित कुनै पनि प्रकारको फोटो-भिडियो प्रहरीलाई साझा गर्न मानिसहरूलाई अपील गरेका छन्।
लस क्रुसेस सिटी काउन्सिलर ट्याम जोहाना बेन्कोमोले आजकल यस्ता घटना हुने डर बढिरहेको भन्दै यस्ता घटना कहिल्यै नहोस् भनेर प्रार्थना गर्न आग्रह गरिन्।















