विर्तामोड। भरत प्रसाई, टाटा मोटर्स नेपालका लागि एकमात्र झापा विक्रेता अलास्का मोटर्सले ई.भी.का नयाँ गाडी लन्च गरेको छ ।

IMG_9467

हालै नेपालमा लन्च भएका लोकप्रिय गाडिहरु कर्भ ई.भी., नेक्सन के. ३ ई.भी.र टियागो ई.भी.२०२५ लन्च गरेको हो ।

एक कार्यक्रमका बिच अलास्का अटोमोबाइल्सका प्रबन्ध निर्देशक प्रकाश शिवाकोटी, टाटा मोटर्सका कन्ट्री मेनेजर प्रसन्न रङ्गनाथान, पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, अर्जुनधारा नगरपालिकाका नगर प्र्रमुख बलदेव गाम्देन लगायतले संयुक्त रुपमा नयाँ ई.भी.हरुको लन्च गर्नुभएको थियो । 

IMG_9474

कार्यक्रममा पेसेन्जर बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती, अर्जुनधारा नगरपालिकाका नगर प्र्रमुख बलदेव गाम्देन र अलास्का अटोमोबाइल्सका प्रबन्ध निर्देशक प्रकाश शिवाकोटी, लगायतले सुभकामना मन्तव्य राख्दै नेपाली बजारमा सस्तो मुल्यमा वातावरणमैत्री गाडी आएकाले डिजल, पेट्रोलको विकल्पका रुपमा ई.भी. गाडी प्रयोग गर्न सुझाव दिएका थिए ।

IMG_9463

कार्यक्रममा नयाँ गाडीहरुको साँचो  वितरण गरिएको थियो । विर्तामोडका ग्राहकहरुले अलास्का अटो मोवायल्समा गएर नयाँ लन्च गएका ई.भी. गाडीहरुको टेस्ट ड्राइभ गर्न पाउने प्रवन्ध निर्देशक शिवाकोटीले बताउनु भयो । 

IMG_9472

यी गाडीहरू बिर्तामोड स्थित अलास्का अटो मोबाइल्सबाट उपलब्ध छन् । कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापती र टाटा मोटर्सका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको उपस्थिति रहेको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका मेयर बलदेव गोम्देनको प्रमुख आतिथ्यता रहेको थियो ।

प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतीले भन्नुभयो, आज बिर्तामोडमा टाटाको नयाँ इभिहरू लन्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं ।

कर्भइभि आकर्षक डिजाइन, प्रिमियमफिल, उत्कृष्ट सुरक्षा फिचर, र नेपाली सडकका लागि उपयुक्त भएकोले यो गाडी प्रिमियम एसयूभी खोज्ने ग्राहकहरूको पहिलो रोजाई बन्ने छ ।

टाटा मोटर्सले नेपाली बजारमा आफ्नो उच्चगुणस्तर र विश्वसनीयताको छाप छोड्दै आएको छ । यस पटक लन्च भएका नयाँ इभिहरूले पनि ग्राहकहरूको आकांक्षा पूरा गर्ने अपेक्षा राखिएको छ ।