बिर्तामोड । भरत प्रसाई, बिर्तामोड नगरपालिका वडा नम्वर  १ ले टोलबिकास  संस्था सञ्चालन तथा व्यवस्थापन सम्बन्धि  एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । 

IMG_9536 1टोल भित्रका समस्यालाई सम्बोधन गर्दै स्थानिय सरकारको निती र कार्यक्रमलाई वडाका टोल बिकास संस्था समक्ष पु¥याउन कार्यक्रमको आयोजना गरिएको  बिर्तामोड वडा नम्वर १ का वडाध्यक्ष  अग्निप्रसाद पाण्डेले बताउनु भयो । 

IMG_9563वडा भित्र रहेका ३६ वटा टोलबिकास मध्ये  ३३ वटा वडाका अध्यक्ष एवं सचिवहरुको उपस्थित रहेको थियो । 

IMG_9606

कार्यपालिका सदस्य यमुनादेवी आर्चायको प्रमुख  आतिथ्यता रहेको  कार्यक्रमको सहजीकरण  विजय तिम्सिना र  बिर्तामोड नगरपालिका लेखा अधिकृत तेजेन्द्र तामाङले गर्नुभएको थियो ।

IMG_9582

तिम्सिनाले संस्था सञ्चालन एवं व्यवस्थापन र तामाङले,  सिलिङ बजेट,आन्तरिक राजश्व  संकलन प्रकृया, चालू तथा पूजिगत खर्चका सम्बन्धमा ब्रिफिङ गर्नु भएको थियो । 

कार्यक्रमका विच ३६ वटा  टोल बिकास समितिहरु मध्ये उत्कृष्ट हुने श्री जङगा विष्णु चौतारा टोल बिकास समिति, त्यस्तै दोश्रो  हुने संगम टोल, तेश्रो हुने हिमाली टोल बिकास समितिलाई वडाध्यक्ष अग्निप्रसाद पाण्डे साथै प्रमुख अतिथी  आर्चायले संयुक्तरुपमा प्रमाण  पत्र तथा  दोसल्ला ओढाई  सम्मान  गर्नुभएको थियो । 

IMG_9618वडाध्यक्ष अग्निप्रसाद पाण्डेले आफ्नो टोल बिकास गर्न पहिला उपभोक्ता नै जागुरुक हुनुपर्ने बताउनु भयो ।

उहाँले यस किसिमका अन्तरक्रिया र छलफलले जनताको समस्यालाई प्रत्यक्ष रुपमा बुझन मद्वत पुग्ने बताउनु भयो ।

IMG_9563 1वडाध्यक्ष पाण्डले वडाका हरेक बिकास निमार्णका काममा टोल बिकास समितिले सधै सहयोग र सहकार्य गर्दै आएको भन्दै सम्पूर्ण प्रति धन्यवाद ज्ञापन गर्नुभयो । 

IMG_9594

कार्यक्रमकी प्रमुख अतिथी आर्चायले संस्था सञ्चालन साथै व्यवस्थापनका सम्बन्धमा टोलभित्र देखिएका अन्योलतालाई चिर्न कार्यक्रम फलदायी हुने बताउनु भयो ।

वडा सदस्य योगचन्द्र आङबुहाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा नम्वर १ की वडा सचिव जानुकादेवी वस्नेतले गर्नु भएको थियो ।  कार्यक्रममा वडा नम्वर १ का सदस्य कमला महारा दर्जी, टेक बहादुर अधिकारी, मेलमिलाप संयोजक प्रेम कुमार खरेल लगायत पत्रकार भरत भाबुक प्रसाईको उपस्थिती रहेको थियो ।