बिर्तामोड-अग्रसेन भवन तथा बालाजी धाम व्यवस्थापन समितिले आध्यात्मिक र मानवीय सेवाका कार्यक्रम सञ्चालन गर्ने भएका छन् । अग्रसेन भवन बिर्तामोडको २५ औँ स्थापना दिवसको अवसर पारेर ती कार्यक्रम तय गरिएका हुन् ।आइतबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा दिइए को जानकारी अनुसार आध्यात्मिक कार्यक्रम अन्तर्गत चैत २२ गतेदेखि राम कथावाचन राखिएको छ 

IMG_20250331_081957-1536x974 भारतका प्रख्यात कथावाचक नवराज प्रपन्नजी महाराजले रामकथा वाचन गर्नु हुनेछ ।

रामकथा वाचनको अवसर पारेर अग्रसेन भवनको नवनिर्मित माथिल्लो तला उद्घाटन कार्यक्रम पनि राखिएको अध्यक्ष सुरेशकुमार अग्रवाल भद्रपुरेले बताउनु भयो । भवनका सल्लाहकार जगदीशप्रसाद मिन्डा र छविलदास वंशलले भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।

अग्रसेन भवनको माथिल्लो तला आकर्षक बनाइएको छ । वातानुकुलित भवनको माथिल्लो तलामा ठूला कार्यक्रम आयोजना गर्न सकिने अध्यक्ष भद्रपुरेले बताउनुभयो ।

माथिल्लो तलामा पाँचतारे होटलकाे जस्तो सुविधा सम्पन्न आठवटा कोठा पनि बनाइएका छन् । मानवीय सेवाका लागि सहुलियत दरमा आवासीय सुविधा उपलब्ध रहेको प्रचार समितिका सदस्य दीपक मित्तलले बताउनुभयो ।

IMG_20250331_082130माथिल्लो तलामा आकर्षक र सुविधा सम्पन्न मिनी हलको समेत व्यवस्था गरिएको छ । राम कथावाचनसँगै नेपाल अग्रवाल महिला मञ्च बिर्तामोडको सहयोगमा २३ गतेदेखि २९ गतेसम्म योग शिविर पनि आयोजना गरिएको छ ।

२५ गते मारवाडी युवा मञ्चको सहयोगमा रक्तदान कार्यक्रम राखिएको प्रचार समितिका सदस्य सन्तोष अग्रवालले बताउनु भयो ।

पशुपति गौशाला धर्मशाला र रोटरी क्लब अफ बिर्तामोडको सहकार्यमा निःशुल्क कृत्रिम खुट्टा वितरणको कार्यक्रम पनि राखिएको छ । चैत २६ गतेका लागि तय भएको कार्यक्रममा २६ जनाले कृत्रिम खुट्टा प्राप्त गर्नेछन् । ३० गते महाप्रसाद वितरणको कार्यक्रम छ ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले अग्रसेन भवन र बालाजी मन्दिर मारवाडी समुदायको अग्रसरता र नेतृत्वमा निर्माण गरिए पनि समुदायको साझा सम्पत्तिका रूपमा यसको संरक्षण गर्नु सबैको दायित्व हुने बताउनुभयो ।

सहुलियत दरमा सभाहल उपलब्ध गराउँदै आएको अग्रसेन भवनको पूर्वाधार व्यवस्थापनमा सरकारले समेत लगानी गर्नुपर्ने आवश्यकता औँल्याउँदै उपाध्यक्ष न्यौपानेले अग्रसेन भवनको व्यवस्थापनबाट समेत समुदायले सिक्नुपर्ने उल्लेख गर्नुभयो ।

नजिकै गायत्री मन्दिर समेत निर्माण भएकाले यो क्षेत्र धार्मिक आस्थाको केन्द्र बनेको उपाध्यक्ष न्यौपानेले बताउनुभयो ।पत्रकार सम्मेलनमा निवर्तमान अध्यक्ष हनुमान मित्तल, सदस्य बाबुलाल वंशल, माघेलाल जिङ्दल, पवनकुमार अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।