बिर्तामोड पत्रकार हत्या र मिडियामाथिको सुनियोजित आक्रमणको विरोध गर्दै नेपाल पत्रकार महासंघले सोमबार देशभरबाट एक साथ सरकारलाई ज्ञापनपत्र बुझाएको छ।
महासंघले पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गरेको छ भने उनको परिवारलाई तत्काल राहत उपलब्ध गराउन समेत माग गरेको छ।
पत्रकार महासंघ झापाले सोमबार झापामा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । झापा अध्यक्ष एकराज गिरी नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाउँदै शुक्रबार राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा भएको सुनियोजित आक्रमणप्रति खेद प्रकट गरेको छ । 

1743411338_full
महासंघको केन्द्रीय समितिले गृहमन्त्री रमेश लेखकलाई भेटेर ज्ञापन पत्र बुझाएको छ ।
प्रदेश समितिहरूले प्रदेश सरकारका गृहमन्त्रीलाई ज्ञापन बुझाएका छन् भने जिल्ला शाखाहरूले प्रमुख जिल्ला अधिकारीमार्फत् एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाउँदै प्रेस स्वतन्त्रताको सुनिश्चतता गर्न माग गरेका छन्।
कार्यस्थलमा खटिएका पत्रकार रजकको प्रदर्शनकारीहरूले षड्यन्त्रपूर्वक आगलागीमा पारी हत्या गरेको भन्दै महासंघले उक्त घटनाको सत्यतथ्य छानविन गर्न, दोषीलाई कारबाही गर्न तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गरिएको छ ।
जसअन्तर्गत सोमबार पत्रकारहरूले देशभरिबाट कालोपट्टि बाँधेर काम गरेका थिए भने शनिबार सडकमा प्रदर्शन गरेका थिए।