बिर्तामोड । भरत भाबुक प्रसाई, तीनकुने घटनाको सरकारी संयन्त्रहरुले निष्पक्ष छानमिन गर्ने पूर्वमन्त्री एवं प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रकणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलले बताउनु भयो ।
उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएको जस्तो न्यायिक समितिको आवश्यक नरहेको जिकीर गर्नुृभयो ।
बिर्तामोड स्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यलयको सभाहलमा प्रेस चौतारी नेपाल झापाल आज आयोजना गरको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री खरेलले राजसंस्था कुनै हालतमा फर्कन नसक्ने बताउनु भयो ।
उहाँले एकै दिन गरिएका दुई कार्यक्रमको चित्रले नै गणतन्त्र राम्रोकी राजतन्त्र राम्रो प्रष्ट पारिसकेको बताउनु भयो ।
नेता खरेलले तीनकुनेको घटना अत्यन्तै हिंस्रक र अराजक भएकोले सरकारले यसलाई गम्भिरतापूर्वक लिएको भन्दै सरकारको तयारी राम्रो हुँदा हुँदै पनि आन्दोलनकारीहरु अनियन्त्रित भई प्रहरीको ब्यारेक तोडेर निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि मात्र प्रहरीले बल प्रयोग गरेको दाबी गर्नुभयो ।

उहाँले राजतन्त्र ल्याउन निस्किएका आन्दोलनमा घाइते भएका भौतिक तोडफोडमा संलग्न भएका मानिसहरु संयम रहन वा यस्ता गतिविधी नगर्न पुर्व राजाको कुनै बक्तव्य नआउनु ,घटनालाई लिएर द्ःख ब्यक्त नगर्नु बिडम्बना भएको प्रतिक्रिया दिनु भयो ।
रवी लामिछाने पक्राउका सम्बन्धमा पत्रकारहरुको एक जिज्ञासाको जवाफ दिदै नेता खरेलले सरकार विधीको शासनमा विश्वास राख्ने भएको बताउदै अदालले पक्राउ आदेश दिएपछी मात्रै पक्राउ गरिएकाले अनावश्यक टिप्पणी गर्न आवश्यक नरहेको बताउनु भयो ।
उहाँले २०४६ सालका भौतिक संरचनाको बिकास र गणतन्त्र आएपछीको देशभरीको भौतिक संरचनाको बिकासमा आकाश पातालको फरक रहेको बताउनु भयो ।

प्रेस चौतारी झापाका अध्यक्ष प्रदिप परियारको सहजीकरण गर्नुभएको पत्रकार सम्मेलनमा नेकपा एमालेका झापा जिल्ला इन्र्चाज रोमनाथ ओली,जिल्ला अध्यक्ष प्रेमबहादुर गिरी, नगर अध्यक्ष सुबास भट्टराई, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य गोपाल काफ्ले,माधव विद्रोही, बिर्तामोड वडा नम्वर ३ का वडाध्यक्ष मदन बुढाथोकी, पत्रकार महासंघका झापा शाखाका उपाध्यक्ष सुर्वत न्यौपाने, सह सचिव रमेश तिवारी, प्रेस चौतारी नेपालका कार्यसमति सदस्य भरत प्रसाई, अस्मिता शाखी, अग्रज पत्रकार उमाकान्त खनाल, प्रेस चौतारी कोशी प्रदेशका सदस्य राजकुमार ओली, सुर्योदय टेलिभिजनका रिर्पोटर देब बाँस्कोटा लगायत विभिन्न सञ्चार गृहमा आबद्व पत्रकारहरुको उपस्थिती रहेको थियो ।














