कनकाई, २७ चैत । अहिले रोजगारीका लागि विदेशिने युवाको संख्या बढ्दो छ । स्वदेशमै रोजगारीको अवसर नहुँदा दैनिकजसो सयौं युवा खाडीको चर्को घाममा पसिना बनाउन जान बाध्य छन् ।
बढ्दो युवा पलाउन रोक्न झापाको कनकाई नगरपालिकाले युवालाई आत्मनिर्भर बनाउने अभियान थालेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत नगरका नौ वटै वडाका दुई÷दुई जना युवालाई छनोट गरेर स्वदेशमै गरीखाने बनाउन प्लम्बर र इलेक्ट्रिसियन तालिम दिन थालिएको छ ।
आजदेखि ४० जना युवालाई ५० दिने प्लम्बर र इलेक्ट्रिसियन तालिम दिन थालिएको नगरपालिकाका रोजगार संयोजक सरोज मैनालीले जानकारी दिनुभयो ।
कनकाई वडा नं. १ स्थित दलित सामुदायिक भवनमा सन्चालन रहने तालिमको वडा न १ का वडा अध्यक्ष सुशील कुमार पोखरेलको अध्यक्षमा शुरु भएको तालिमको उद्घाटन प्रमुख अतिथि कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बढ्दो युवा पलायनलाई रोक्न जरुरी रहेको बताउनुहुँदै युवालाई सीपयुक्त बनाउन सके स्वदेशमै टिकाउन सकिने बताउनुभयो ।

उहाँले प्रशिक्षार्थीहरुलाई मन लगाएर सीप हासिल गर्न आग्रह गर्नुहुँदै भन्नुभयो, “तपाईंहरु एकदमै दक्ष भएर निस्किनुहोस् ।
मुलुक निर्माणको आधार स्तम्भका रुपमा रहेका युवा विदेशिने वातावरणको अन्त्य गर्नुपर्नेमा जोड दिँदै नगरपालिकाले युवालाई स्वदेशमै टिकाउने खालका कार्यक्रम सञ्चालनमा ल्याइरहेको बताउनुभयो ।
कार्यक्रमका विशिष्ठ अतिथि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने स्वदेशै रोजगार बन्न तालिम फलदायी बनोस् भन्ने शुभकामना दिनुभयो ।
तालिम दिन मानिसहरु प्रतिस्पर्धा गर्ने तर सिकेको सीपलाई व्यवहार नउतार्ने काम पनि भएरकाले प्रशिक्षार्थीले आफूले सिकेको सीप व्यवहारमा लागु गर्न कुनै कसर बाँकी नराख्न उहाँले आग्रह गर्नुभयो ।

कनकाई–१ का वडाध्यक्ष पोखरेलले युवालाई सीप सिकाएर आफ्नो खुट्टामा आफैँ उभिन सक्ने बनाउन तालिम दिइएको बताउनुभयो । कार्यक्रममा मन्तव्य राख्नुहुँदै उहाँले युवालाई क्षमतावान बनाउन कार्यक्रम ल्याइएको स्पष्ट पार्नुभएको थियो ।
कार्यक्रममा वडा न १ का वडा सदस्य दलबहादुर थापा, निर्मला खड्का, हरिकुमार राई, टोल संयोजकसहित ६० बढीको सहभागिता रहेको थियो ।
पाथीभरा प्रोफेसनल एजुकेसन प्रालिको प्राविधिक सहयोग शुरु भएको तालिमको उद्घाटन कार्यक्रमको स्वागत कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम भट्टराई र कार्यक्रमको सञ्चालन कम्पनीका कर्मचारी पिताम्बर सापकोटाले गर्नुभएको थियो ।
तालिमको प्रशिक्षकको रुपमा दीपेन्द्र बिमली र दुर्गा सिटौला रहनुभएको छ । ५० दिने तालिममा ४० दिन सीपमूलक तालिम र १० दिन जीवन उपयोगी शिक्षा प्रदान गरिने वडा सदस्य हरिकुमार राईले जानकारी दिनुभयो ।














