काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल वल्र्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर–२०२५ मा छनोट भएकी छन् ।
विश्वभरिबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवी, राजनीतिज्ञलगायतका विभिन्न विधामा ४) वर्ष मुनिका ११६ जना छनोट हुँदा उनी पनि परेकी हुन् ।
यस वर्ष दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डङ्गोल मात्रै छनोट भइन् । डंगोलले योङ ग्लोबल लिडरमा आफू छनोट भएपछि खुसी लागेको बताइन् ।
यसरी देशको प्रतिनिधित्व गर्न पाउँदा गर्व लागेको उपप्रमुख डङ्गोलले बताइन ।
‘संसार भरको यो मञ्चमा समग्र नेपालको पनि प्रतिनिधित्व गर्दै युवा नेतृत्वका रूपमा छनोट हुँदा थप खुसी लागेको उनको भनाइ छ ।
उनले परिवर्तनका संवाहक युवा हुन भन्दै आफू स्वयं पनि युवामा विश्वास राख्ने भएकाले संसारभर नै सकारात्मक सन्देश दिने यो मञ्चमा आफू छनोट हुँदा त्यो समग्र युवाको प्रतिनिधित्व भएको आफूले महसुस गरेको बताइन् ।
वल्र्ड इकोनोमिक फोरम सुन्दर भविष्य भएका असाधारण व्यक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो ।
यसमा छनोट हुन् हजारौँले आवेदन दिए पनि सीमित व्यक्ति मात्रै छनोट हुन्छन् ।














