झापाको कनकाई नगरपालिकाले चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा साढे छ करोड रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्ष २०८१ साउनदेखि चैत सम्ममा ६ करोड ५० लाख ९७ हजार आठ सय ३८ रुपैयाँ ७९ पैसा विभिन्न शीर्षकमा राजश्व संकलन गरेको नगरपालिकाका सूचना अधिकारी खगेन्द्र मिश्रले जानकारी दिनुभयो ।

नगरपालिकाले आन्तरिक तर्फ ५ करोड ३० लाख ३० हजार ८ सय ५२ रुपैयाँ र घर जग्गावापत १ करोड २० लाख ६७ हजार १३ रुपैयाँ संकलन गरेको छ । नगरले ८ करोड ७८ लाख ४० हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य लिए पनि ७४.१ं० प्रतिशत प्रगति हासिल भएको नगरपालिकाले जनाएको छ ।त्यस्तै, नगरपालिकाले सोही अवधिमा १७ लाख ४ हजार ५ सय ३ रुपैयाँ ७४ पैसा राजश्व छुट गरेको छ भने जरिवाना वापत २ लाख १२ हजार ७ सय ७८ रुपैयाँ ७५ पैसा संङ्कलन गरेको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो ।

7777777777राजश्व संकलनको दायरा बढाउने उद्देश्यले कनकाई नगरपालिकाले हालै सञ्चालन गरेको घुम्ती शिविरबाट चार सय ७५ वटा व्यवसाय दर्ता–नवीकरण भएका छन् ।

नगरले गत चैत ७ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको राजश्व संकलन घुम्ती शिविरमा नयाँ तथा पुराना चार सय ७५ वटा व्यवसाय दर्ता र नवीकरण भएको नगरपालिकाकी अधिकृत छैठौं कमला विश्वकर्माले जानकारी दिनुभयो ।

777777777777

कनकाई–३ स्थित सुरुङ्गा बजार क्षेत्रमा सञ्चालित शिविरमा तीन सय ४७ वटा व्यवसाय दर्ता तथा नवीकरण भएका छन् भने १४ वटा व्यवसाय बन्द भएका छन् । त्यस्तै, कनकाई–७ स्थित दुर्गापुर बजारमा ६४ वटा दर्ता–नवीकरण र चार वटा बन्द, कनकाई–८ स्थित लक्ष्मीपुर बजारमा ३६ वटा दर्ता–नवीकरण र एक वटा बन्द र कनकाई–९ स्थित घैलाडुब्बा बजारमा २८ वटा दर्ता–नवीकरण र तीन वटा बन्द भएका छन् ।

राजश्व संकलन घुम्ती शिविरबाट रू १० लाख २३ हजार सात सय ८९ राजश्व संकलन भएको छ । शिविरमा व्यवसाय करवापत रू आठ लाख ३३ हजार ८०, सम्पत्ति करवापत रू छ हजार ५०, घरबहाल कर वापत रू ९५ हजार पाँच सय ७९ र व्यवसाय रजिष्ट्रेशनवापत रू ८९ हजार ८० राजश्व संकलन भएको नगर जिन्सी शाखा प्रमुख भोजराज आचार्यले जानकारी दिनुभयो । 

888888

यसैबीच,

 नगरपालिकाले नगरको आन्तरिक स्रोत बृद्धि गर्न लागि परेको पनि   पाईएको छ। नगरपालिका लुकेको र छुटेको करको स्रोतहरु पहिचान गरी आन्तरिक आम्दानी बढाउने योजना रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बताउनुभयो ।

7 1

नगरले फोहोरमैला संकलनका लागि कर निर्धारण गरे पनि हालसम्म उक्त शीर्षकमा कर संकलन नगरिएको उहाँले बताउनुभयो ।  हाल निश्चित क्षेत्रबाट मात्र फोहोरमैला संकलन गरिए पनि कर तिर्न इच्छुक नगरबासीको मागको आधारमा फोहोर मैला संकलनका लागि गाउँ–गाउँमा ट्याक्टर पठाइने उहाँले बताउनुभयो ।

नगरपालिकाले नगर क्षेत्रमा सञ्चालित व्यवसायको तथ्यांक संकलन गर्ने भएको छ । बैशाख दोस्रो सातादेखि तथ्यांक संकलन शुरु गरिने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताउनुभयो ।सबै व्यवसायीलाई करको दायरामा ल्याइने उहाँले बताउनुभयो ।

नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले नगरपालिकाले मात्रै सबै कुरा गर्न नसक्ने बताउनुभयो ।


7777777 1

विकाससँग आर्थिक पाटो पनि सँगसँगै आउने भएकाले सबै नगरबासीले कर तिर्नुपर्ने बताउनुभयो ।केन्द्रबाट प्राप्त हुने बजेट क्रमशः घट्दै गएकाले आन्तरिक स्रोतलाई बलियो बनाउन जरुरी रहेको नगरप्रमुख पोखरेलको भनाइ छ ।