झापा कनकाई नगरपालिका वडा नं २ स्थित हेपी ल्याण्ड फनपार्कमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागी एक व्यक्तिको मृत्यु भएको छ ।
जिल्ला झापा शिवसताक्षी नगरपालिका वडा नं ९ बस्ने देवेन्द्र बिक्रम नेम्वाङको छोरा अन्दाजी बर्ष ४५ को सन्तोष लिम्बुले बिजुली मर्मत गर्ने क्रममा ४ः३० बजे करेन्ट लागी मृत्यु भएको इलाका प्रहरी कार्यालय झापा सूचना केन्द्रले जनाएको छ ।
लिम्बुले बिजुली मर्मत गर्ने क्रममा अचानक करेन्ट लागी घाइते भएकोमा उपचारको लागी कनकाई नगर अस्पताल सुरुङ्गा पुर्याउनासाथ चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको थियो ।
प्रहरीद्वारा थप अनुसन्धान भइरहेको जनाइएको छ ।














