बिर्तामोड । भरत भाबुक प्रसाई,  सामुदायिक विद्यालयका शिक्षक १६ दिनदेखि आन्दोलनमा  रहँदा पनि  सरकारले उचित निकास निकाल्न नसक्दा समाधान खोज्नुपर्ने सरकार र शिक्षकको दूरी झन् टाढिँदै  गएको देखिन थालेको छ ।

 शिक्षकहरु निणार्यक आन्दोलनमा रहेको देखिन्छ भने सरकार गलाउने पक्षमा देखिएको हो की भन्ने अनुमान लगाउन सकिन्छ । 

सामुदायिक विद्यालयहरु बन्द हुदाँ निजी बिद्यालयहरुलाई आफ्नो भर्ना अभियानलाई अझ शसक्त बनाउन मद्वत पुगेको छ ।

शिक्षक आन्दोलनका कारण यही  ११ वैशाखदेखि सुरु हुने कक्षा १२ का साढे पाँच लाख विद्यार्थीको परीक्षा नै अनिश्चित बनेको छ । 

राष्ट्रिय परीक्षा बोर्डले तीन महिनाअघि नै परीक्षा तालिका सार्वजनिक गरेको थियो । परीक्षाको मिति नजिकिँदै गर्दा विद्यार्थी प्रवेशपत्रसमेत लिएर तयारीमा जुटिरहेका  छन् तर, परीक्षा बोर्डले दुई–तीन दिनको तयारीमा परीक्षा सञ्चालन गर्न सम्भव नहुने बताएको छ भने विद्यालयका प्रधानाध्यापकहरूले माग पूरा नभएको अवस्थामा परीक्षा सञ्चालनका लागि सडक छाड्न नसकिने जवाफ दिएका छन् ।  


सरकारले संसद्को बैठक १२ वैशाखलाई तोकेको छ, शिक्षकहरूले १२ गतेसम्म सडक छाड्ने अडानका साथ आन्दोलनका कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।  ‘शिक्षकहरूको संस्था शिक्षक महासंघले नै परीक्षा र नयाँ शैक्षिक सत्रका कार्यक्रम रोक्न भनेको छ । 

प्रधानमन्त्री वा समामुख तहबाट सडकमा रहेका शिक्षकहरू निराश पार्ने बिचार प्रकट गरेको भन्दै  सरकार आन्दोलनलाई सम्बोधन गर्ने पक्षमा नरहेको शिक्षकहरुको आरोप लगाँएका छन् ।

उता बोर्डले अहिलेसम्म एक हजार ५०१ केन्द्र तोक्नेबाहेक अन्य तयारी गर्न सकेको  जनाएको छ । सबै केन्द्रमा परीक्षा गराउने मुख्य दायित्व रहने प्रधानाध्यापक विद्यालय बन्द गरेर आन्दोलनमा रहेकाले परीक्षा हुनेमा अन्योलता देखिएको छ ।

शिक्षक महासंघका सहअध्यक्ष एवं आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली आफूहरू परीक्षा रोक्ने भनेर आन्दोलनमा नआएको, तर आन्दोलन रोकेर परीक्षा गर्न नसक्ने बताउँनु हुन्छ । 


परीक्षा बोर्डका अनुसार यसपालि १२ कक्षाको परीक्षामा पाँच लाख ५0 हजार चार सय विद्यार्थी सामेल हुँदै छन् ।

 

 जसमध्ये ३८ हजार पूरक तथा ०५६ सालयता विषय लागेका वा परीक्षा दिन नपाएका विद्यार्थी हुन। बोर्डका अनुसार जापानमा पनि एउटा परीक्षा केन्द्र छ जहाँबाट १६ विद्यार्थीले परीक्षा दिने जनाइएको छ ।

यहाँको दूतावासमार्फत परीक्षाका लागि सहजीकरण गरिएको परीक्षा बोर्डल ेजनाएको छ । जे गरेपनि विद्यार्थी भविष्य माथी कसैले खेलवाड गर्नु हुदैन चाँहे  सरकार होस या आन्दोलनमा होमिएका शिक्षकहरु ,आँशा गरौ चाँडै सरकारले समस्याको दिर्धकालिन समाधान खोज्ने छ ।