लक्ष्मीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ कार्यसमितिका लागि यही बैशाक १८ निर्वाचन हुने भएको छ ।

नगरबासीका घरघरमा धारा, सर्वशुलभ र स्वच्छ पानी हाम्रो अभिभारा भन्ने मुल नाराका साथ लोकतान्त्रिक समावेशीको प्यानलको तर्फबाट कोषाध्यक्ष पदमा युवा व्यवसायी टेकबहादुर बस्नेत निर्वाचनमा होमिनु भएको छ ।

युवा व्यवसायी तथा एक कार्यकाल लक्ष्मीपुर बजार व्यवस्थापन समिति अध्यक्ष रहिसक्नु भएका बस्नेतले धाराको विल भुक्तानीलाई डिजीटलमैत्री बनाउन आफ्नो उम्मेद्ववारी रहेको बताउनु भयो ।

0cc821b6-7ac5-44e1-a1c0-3f45b2734aefप्रगतिशिल सोच तथा खानेपानी देखिएका व्यतिथी निर्मुल गर्न लोकतान्त्रिक समावेशी प्यानलको तर्फबाट अध्यक्षमा मोहन लुइटेल, उपाध्यक्षमा सुरज भण्डारी, सचिव नारायण प्रसाद काफ्ले सदस्य महिला, हेमकुमार कार्की, तारा देवी थपलिया,खुल्ला सदस्यमा भोलानाथ मिश्र, देवीराज दाहालले उम्मेद्वारी दिनु भएको बताइएको छ ।

 जनहितमा जारी

लक्ष्मीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा ११ सय ७८ जना उपभोक्ता रहेका छन् ।