बिर्तामोड। भरत भाबुक प्रसाई,साहित्य चौतारी बिर्तामोड झापा नेपालले कलाकार सम्मान, अभिनन्दन सहित साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । 

साहित्य चौतारी बिर्तामोड झापाको सभा हलमा आयोजित कार्यक्रमका बिच राष्ट्रलाई कलाकारिताको माध्यमबाट अतुलनिय योगदान पु¥याउने सर्जक तथा कला विधाका अग्रज व्यतित्वहरुलाई सम्मान तथा अभिनन्दन गरिएको संस्थाका संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको बताउनु भयो । 

IMG_2771


संस्थाका संरक्षक तथा अध्यक्ष  श्रेष्ठको अध्यक्षतामा सम्पन्न पहिलो चरणको कार्यक्रम अन्र्तगत  कार्यक्रममा नेपाल फिल्म सोसाइटी केन्द्रीय समिति काठमाडौंका केन्द्रीय अध्यक्ष तथा कलाकार कृष्ण मल्ल, नायिका शर्मिला मल्ल ,अमेरिका संयोजक नवराज श्रेष्ठ,भारत शिलगढी निवासी चलचित्र निर्देशक विनोद विष्टलाई अभिनन्दन सम्मान गरिएको थियो ।

IMG_2780सम्मानितको तर्फबाटका केन्द्रीय अध्यक्ष तथा कलाकार कृष्ण मल्लले आफ्नो संक्षिप्त बिचार राख्दै संस्कृति पर्यटन, र पुर्विय दर्शनलाई जोगाउन साहित्य चौतारी लागेको भन्दै प्रशंसा गर्नुभयो ।

IMG_2799देशमा रहेका हरेक भाषाको आफ्नो संस्कृति रहेको बताउदै , कलमका माध्यमबाट कथाका माध्यमबाट, गित संगितका माध्यमबाट, चलचित्रका माध्यमबाट जनतालाई बुझाउन सके पर्यटन प्रवद्र्वनमा टेवा पुग्ने उहाँको भनाइ छ । 

साहित्य चौतारी बिर्तामोड झापा नेपालका मानर्थ सल्लाहकार जीवन अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको  संयोजन साहित्य चौतारीका उपाध्यक्ष हिम्मत नेम्बाङले गर्नुभएको थियो । 

IMG_2665

 कार्यक्रमको दोश्रो श्रङखलामा नेपाल फिल्म सोसाइटी केन्द्रीय समिति काठमाडौंको आयोजना तथा  नेपाल फिल्म सोसाइटी कोशी प्रदेशको संयोजनमा नेपाली चलचित्रमा स्थानीय संस्कृतिको प्रभाव र पर्यटन  प्रर्वधन बिषयक एक दिवसीय अन्तरक्रियात्मक गोष्ठीको आयोजना गरिएको छ ।

 कनकाई नगरपालिकाको सहकार्यमा साहित्य चौतारी  बिर्तामोड झापा नेपाल र होटल हिकोला हेरिटेजको समन्वयमा हुने उक्त कार्यक्रममा  नेपाली चलचित्रमा स्थानीय संस्कृतिको प्रभाव र   पर्यटन प्रबद्र्धन विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो । 

कार्यपत्र नेपाल फिल्म सोसाइटी केन्द्रीय समिति काठमाडौंका बरिष्ठ सल्लाहकार डाक्टर घनश्याम खतिवडाले प्रस्तुत  गर्नुभएको थियो ।

IMG_2801 - Copyउहाँले आवश्यकता चुनौती र सफल्ताका सन्र्दभमा विभिन्न बक्ताहरुको राय सुझाव  संकलन गरी कनकाई नगरपालिका समक्ष कार्यपत्र प्रस्तुत गर्ने बताउनु भयो ।

  उहाँले  नेपाली चलचित्रमा स्थानीय  संस्कृति , सम्पदा, स्थानीय पर्यटकीय स्थललाई प्रयोग गरी त्यसक्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले  कार्यक्रम आयोजना गरिएको नेपाल फिल्म सोसाइटी केन्द्रीय समिति काठमाडौंका बरिष्ठ सल्लाहकार डाक्टर खतिवडाले बताउनुभयो । 

नेपाल फिल्म सोसाइटी अब कोशी प्रदेशमा चलायमान हुनेमा आफुहरु आशावादी रहेको नेपाल फिल्म सोसाइटी केन्द्रीय समिति काठमाडौंका केन्द्रीय सदस्य गंगाप्रसाद पोखरेलले जानकारी दिनुभयो । 

  नायिका शर्मिला मल्ल,उपाध्यक्ष नारायणप्रधान, महासचिव राजेश विशुराल, कोषाध्यक्ष शंकरलाल श्रेष्ठ, सहकोषाध्यक्ष दुर्गा विशुराल ,  केन्द्रीय सदस्यहरू  गंगाप्रसाद पोखरेल,  आरपी पन्त , वरिष्ठ सल्लाहकार डाक्टर घनश्याम खतिवडा लगायतको उपस्थितीमा कोशी प्रदेशका मनोनीत कार्यसमिति पदाधिकारीहरुलाई केन्द्रिय अध्यक्ष मल्लले शपथ ग्रहण गराउनु भएको थियो ।


IMG_2808

दोश्रो अन्तरक्रियात्मक कार्यक्रम अन्र्तगत प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी सिचाई तथा उर्जा मन्त्री एकराज कार्की रहनु भएको थियो भने कार्यक्रमको संयोजन दिनेशराज शर्माले गर्नुभएको थियो । प्रमुख अतिथि  खानेपानी सिचाई तथा उर्जा मन्त्री कार्कीले चलचित्र पर्यटनको प्रमुख आधारशिला भएकाले कलाकार र निर्माण पक्षसंग अन्तरक्रिया छलफल बढाउन कोशी प्रदेश सरकार सदैव तयार रहेको बताउनु भयो ।

उहाँले  चलचित्र लोकका लागि प्रिय हुने सृजनशिल माटो बोल्ने कथा समेटिएका चलचित्र निर्माणमा जोड दिन आग्रह गर्नु भयो ।

पहिलो श्रङखलामा अध्यक्ष श्रेष्ठले साहित्य चौतारीको गितद्वारा  तथा उपाध्यक्ष नेम्वाङले शव्दद्वारा उपस्थित अतिथीहरुलाई स्वागत गर्नु भएको थियो ।

कार्यक्रमका भारत संयोजक डिएल प्रदान,बिर्तामोड इलाका प्रह्री कार्यालयका प्रमुख विजय श्रेष्ठ, लोकगायक अनिरुद्र ओली,अग्रज पत्रकार सिरो सान्दाई आख्यानकार  राजेन्द्र पौडेल, साहित्य  चौतारी का पूर्व अध्यक्ष,रङकर्मी टंक विकल्प, कलाकार विपिन प्रसाई , अर्जुनधारा धामका प्रमुख अर्चक अग्नि प्रसाद सिग्देल, गायिका अन्जु गौतम पत्रकार उद्वव पुरी, साहित्य चौतारीका सचिव तुलसी निरौला, नौमति बाजा समूहका प्रतिनिधिहरु,  शिक्षक धमेन्द्र भट्टराई, समाजसेवी शेरबहादुर थापा, साहित्य चौतारीका प्रेस सल्लाहकार भरत भाबुक प्रसाई लगायत झापाली रङकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा जुनु गौतमको जीवन काँडा बोलको गितले सबैलाई भाबुक वनाएको थियो । 

कार्यक्रमको पहिलो चरण गजलकार साहित्य चौतारीका पूर्व सचिव दिलिप धिमिरेले सञ्चालन गर्नु भएको थियो भने दोश्रो श्रङखलाको सञ्चालन नेपाल फिल्म सोसाइटी केन्द्रीय समिति काठमाडौंका बरिष्ठ सल्लाहकार डाक्टर घनश्याम खतिवडाले गर्नु भएको थियो ।