समाचार

नेपाल प्रेस युनियन झापा शाखाको विचार गोष्ठी तथा सम्मान

जेठ १३, २०८२ मा प्रकाशित
माेफसल अनलाइन
 
alt

    बिर्तामोड। नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन झापा शाखाले लोकतन्त्रमा प्रेसको भूमिका विषयक विचार गोष्ठी तथा सम्मान कार्यक्रम आयोजना गरेको छ।
    नेपाल प्रेस युनियन झापा शाखाका सभापति गिरीराज भट्टराईको अध्यक्षता तथा पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  नेपाल प्रेस युनियन झापा शाखाका  उपाध्यक्ष ईश्वर अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

    कार्यक्रममा नेपाल प्रेस युनियनका  संस्थापक अध्यक्ष राजेश ढुंगाना,  पूर्व केन्द्रीय सचिव चिन्तामणी दाहाल, पूर्व केन्द्रीय सदस्यहरू गोविन्दचन्द्र क्षेत्री, लोकराज ढकाल, कृष्ण हुमागाईलाई सम्मान गरिएको थियो।

    कार्यक्रममा सम्मानितको तर्फबाट नेपाल प्रेस युनियनका  संस्थापक अध्यक्ष राजेश ढुंगाना, नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेवे, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।

    कार्यक्रमको सञ्चालन सचिव अर्जुन राजवंशीले गरेका थिए। 
    • ५८३ पटक पढिएको
     बालमनमा संस्कारको बीजारोपण गर्दै लिङ्कन मन्टेश्वरीको दशैं सांस्कृतिक कार्यक्रम बालमनमा संस्कारको बीजारोपण गर्दै लिङ्कन मन्टेश्वरीको दशैं सांस्कृतिक कार्यक्रम

    बिर्तामोड । बालबालिकाको कोमल मनमा संस्कार, संस्कृति र सभ्यताको बीजारोपण गर् ...

    ‘किताब मेला २०८३’ को तेस्रो दिन: नेपाली साहित्यमा सौन्दर्यबोध र भाषिक शिल्पमाथि गहिरो मन्थन ‘किताब मेला २०८३’ को तेस्रो दिन: नेपाली साहित्यमा सौन्दर्यबोध र भाषिक शिल्पमाथि गहिरो मन्थन

    बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालन भइरहेको ‘किताब मेला २०८३’ को तेस्रो ...

    सालबारी–मिलडाँडा पुरुष नकआउट भेट्रान्स फुटबल : आयोजक मिलडाँडाको शानदार जित सालबारी–मिलडाँडा पुरुष नकआउट भेट्रान्स फुटबल : आयोजक मिलडाँडाको शानदार जित

    अर्जुनधारा, १८ असोज । चन्द्रगढी भेट्रान्स एफसीमाथि शानदार जित निकाल्दै आयोज ...

    • श्री निर्मला मिडिया प्रा.लि द्वारा सञ्चालित माेफसल अनलाइन
    • कम्पनी दर्ता : ३१९६६८/०८०/०८१
    • सूचना विभाग दर्ता : ४७४०-२०८१/२०८२
    • बिर्तामोड १, झापा, इकम कलेजको पूर्वपट्टि
    • बिज्ञापन अनि समाचारका लागि : ९८१६०७९१०२
    • इमेल : [email protected]
    • सम्पर्क फाेन : ९८१६०७९१०२

    हाम्रो टीम

    • प्रधान सम्पादक युवराज प्रसाईं
    • प्रबन्ध निर्देशक तथा समाचार प्रमुख भरतराज प्रसाईं
    • सल्लाहकार पवित्रा प्रसाईं, उमाकान्त खनाल, नगेन्द्र सिलवाल, निर्मला आचार्य
    • बिर्तामोड कार्यलय सहयाेगी ओम नारायण राजवंशी
    • कनकाई ब्युराे प्रमुख चन्द्र बस्ने
    • बुद्ध शान्ति ब्युरो प्रमुख पवन ढकाल

    Copyright © 2023 / 2026 / Mofasalonline.com / All Rights Reserved.

    Website by: Hash Tech Logic