अनेरास्ववियु कनकाई बहुमुखी क्याम्पस कमिटिले क्याम्पस परिसरमा झण्डोत्तोलन कार्यक्रम गर्दै १८ औं गणतन्त्र दिवस मनाएको छ ।
क्याम्पसमा अनेरास्ववियु क्याम्पस कमिटि संयोजक अभिषेक मिश्र, अनेरास्ववियु झापा जिल्ला कमिटि पुर्व अध्यक्ष, नेकपा एमाले झापा जिल्ला कमिटि सदस्य तथा कनकाई-४ का वडाध्यक्ष रोसन सुबेदि लगायत अनेरास्ववियुका नेता हरुको उपस्थितिमा झण्डोत्तोलन गर्दै गणतन्त्र दिवस मनाईएको हो ।

क्याम्पस कमिटि संयोजक अभिषेक मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियु झापा जिल्ला कमिटि पुर्व अध्यक्ष, नेकपा एमाले झापा जिल्ला कमिटि सदस्य तथा कनकाई-४ का वडाध्यक्ष रोसन सुबेदिको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा निवर्तमान अनेरास्ववियु झापा जिल्ला कमिटि अध्यक्ष बलराम गिरी,क्याम्पस कमिटि पुर्व अध्यक्ष रबिन गुप्ता,क्याम्पस स्ववियु कोषाध्यक्ष पुर्णिमा पराजुली लगायत बिद्यार्थीहरुको उपस्थिति रहेको उक्त कार्यक्रम संचालन क्याम्पस कमिटी सचिव उत्तम लोहारले गरेका थिए ।
कार्यक्रम लाई सम्बोदन गर्दै प्रमुख अतिथी सुवेदिले गणतन्त्रले बिद्यार्थीका हक,अधिकार सहित सिंगो राष्ट्रका नागरिकको उन्नति र प्रगतिका निम्ति कोशेढुंगा साबित भएको र यस्को दिगोपनाका लागि सम्पुर्ण नागरिक एकजुट हुनपर्ने बताउनु भयो ।
कार्यक्रम औपचारिक रुपमा समापन गर्दै संयोजक मिश्रले गणतन्त्र देसबासीको एकमात्र बिकल्प रहेको बताउदै यो समयमा बिभिन्न अराजक तत्व र बाहिरी सक्ति हरुले जनतामा भ्रम छर्दै नागरिकहरु लाई गणतन्त्रको बिपरित बोल्न लगाएर सुखी नेपालि समृद्द नेपालको परिकल्पना साकार पार्नमा बाधा पुर्याएको बताउदै जनतालाई निरुत्साहित गरिरहेको बताउनु भयो ।














