काठमाण्डाै – राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत राजावादीहरूले आज काठमाण्डाैकाे सिफल चौरमा प्रदर्शन गरेका छन् ।
जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भएको स्मृतिमा शोक मनाउन भन्दै हिजो प्रदर्शन नगरेका राजावादीहरूले आज भने प्रदर्शन गरेका हुन् । राजावादीहरूले गणतन्त्र घोषणा भएको दिन जेठ १५ गतेदेखि प्रदर्शन गर्दै आएका छन् । सङ्घीयता खारेज एवम् राजसंस्था पुनर्स्थापना नभएसम्म प्रदर्शन नरोक्ने राजावादीहरूले बताउँदै आएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले सिफलसहित बल्खु र कोटेश्वरबाहेकका क्षेत्रहरूमा प्रदर्शन गर्न राेक लगाएसँगै राजावादीहरूले आज सिफलमा प्रदर्शन गरेका हुन् ।