एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलन मस्कबीचको विवादले टेस्ला कम्पनीको सेयरमा असर परेको छ। जसका कारण बिहीबार कम्पनीको सेयरमा ठूलो गिरावट आयो। मस्कको कम्पनी टेस्लाको सेयर १४ प्रतिशतले घट्यो। जसले गर्दा कम्पनीले लगभग १५० अर्ब डलर घाटा व्यहोर्नु पर्यो।
विज्ञहरूका अनुसार यो टेस्लाको लागि पछिल्ला केही महिनामा सबैभन्दा खराब दिन हो। विवाद बढ्दै गयो भने मस्कले ठूलो क्षति व्यहोर्नुपर्ने विज्ञहरू बताउँछन्।














