बिर्तामोड ।भरत भाबुक प्रसाईं , संसदीय पत्रकारमञ्च कोशी प्रदेशको आयोजनामा १ दिवसिय संसदीय रिपोर्टिङ डिजिटल मिडिया र सूचनाको प्रयोग सम्बन्धि तालिम आयोजना गरिएको छ ।
कोशीप्रदेश सभाकाे समन्वयमा सम्पन्न अन्तरक्रिया कार्यक्रम बोल्दै प्रमुख अतिथी समेत रहनु भएका कोशी प्रदेश सभाका सभामुख अमरबहादुर बिष्टले सांसदहरुले भनेअनुरुपको काम गर्न नसक्दा जनतामा निराशा छाएको बताउनु भयो ।
उहाँले संसदीय पत्रकार मञ्चले संसदका हरेक गतिविधिहरु जनता समक्ष पुर्याएर संसदिय रिपोर्टिङमा विशेष भुमिका खेल्न आग्रह गर्नुभयो । उहाँले कोशी प्रदेश सभा पत्रकारमैत्री रहेको बताउनु भयो ।
कोशी प्रदेश संसद सचिवालयका सूचना अधिकारी निरज ढकालले खुल्ला संसदको अवधारणाका सम्बन्धमा बिर्फिङ गर्नु भएको थियो ।
उहाँले संसदिय भुमिकालाई पत्रकारले डक वाचका रुपमा खबरदारी गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा काेशी प्रदेश मुख्यमन्त्रीका प्रेस सल्लाहकार तथा कोशी प्रदेश पत्रकार महासंधका संस्थापक अध्यक्ष विक्रम लुइँटेलले संसदमा पत्रकारहरुको उपस्थिति न्यून रहेको बताउनु भयो ।
उहाँले राजनीति आस्थाको आधारमा सम्बन्ध स्थापित गर्ने परिपाटीले सन्तुलित रुपमा सुचना प्रवाह हुन नसकेको बताउनु भयो ।
उहाँले पत्रकारहरुले तथ्यगत रिपोर्टिङ नगर्ने गरेको बताउनु भयो । उहाँले मन्त्रीहरुको आचार संहिता र कामका सम्बन्धमा पत्रकारलाई जानकार हुनुपर्ने बताउनु भयो । उहाँले प्रदेशमा रहेका सांसदहरुमाथि धेरै खर्च नभएको बताउनु भयो ।
उहाँले गएको आर्थिक वर्षमा १ अरब २ करोड खर्च भएको बताउनुभयो ।कोशी प्रदेश सभा संसदीय दलकी सांसद निमसरी राजंवशीले जनताको समस्याका सम्बन्धमा पत्रकारसंग सहकार्य गरि निति नियम बनाउनु पर्ने बताउनु भयो ।
त्यस्तै सांसद लखीकुमारी कुमारी गणेश र सासंद गोपाल तामाङले राजनीति आस्थाको आधारमा समाचार सम्प्रेषण गर्न नहुने बताउनु भयो ।
सांसद छवि चुडालले समाचार सम्प्रेषण गर्दा नकारात्मक पाटोलाई मात्रै उठाउने गरिएको बताउनु भयो ।
उहाँले समाजलाई सहि सूचना दिन पत्रकारहरु लाग्नु पर्ने बताउनु भयो । सांसद राधाकृष्ण खनालले संसदमा ३ मिनेटमा जनताका कुरा उठाउनु पर्ने बाध्यता रहेको बताउनुभयाे ।
उहाँले दिएकाे ३ मिनेटमा आफ्नो कुरा बुझाउन नसिकने बताउदै सांसदको भुमिकालाई चलायमान बनाउन जिम्मेवारी , प्रयाप्त समयको आवश्यकता पर्ने बताउनुभयाे ।
पत्रकारका तर्फबाट आम संञ्चार .कमका सम्पादक विनोद पाण्डे , मोफसल अन्लाइन सम्पादक भरत प्रसाईं, फोनिजका अध्यक्ष अर्जुन राजवंशी ,पत्रकार केशव भट्टराई ,इश्वर अधिकारीले आफ्नो धारणा राख्नु भएको थियो ।
पत्रकार महासध झापा शाखाका अध्यक्ष एकराज गिरीले सांसदहरुले पत्रकारहरुलाई राजनीतिको आँखाबाट नहेर्न आग्रह गर्नुभयो ।
कार्यक्रमको सहजीकरण संसदीय पत्रकार मञ्चका सचिव सुमन सुस्केराले गर्नुभएको थियो । कार्यक्रममा झापाका ६० भन्दा बढि पत्रकारहरुको उपस्थिति रहेको थियो ।