बिर्तामोड । भरत भाबुक प्रसाई, साहित्य चौतारी बिर्तामोड, झापा नेपाल र नेपाल  फिल्म सोसाइटी कोशी प्रदेशको संयुक्त आयोजनामा साहित्यकार,गायक एंव संगीतकार गणेश रसिकको स्मृतिमा श्रद्वाञ्जली सभा  सम्पन्न भएको छ ।

साहित्य चौतारी बिर्तामोड झापा नेपाल संस्थापक, संरक्षक तथा अध्यक्ष तथा नेपाल फिल्म सोसाइटी कोशी प्रदेशका अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा साहित्य चौतारी बिर्तामोड झापा नेपालका सल्लाहकार तथा नेपाल फिल्म सोसाइटी कोशी प्रदेशका सल्लाहकार संयोजक अनिरुद्र ओलीको  प्रमुख आतिथ्यतामा श्रद्वाञ्जली आयोजना गरिएको हो ।

bd33ef09-01ed-461e-8167-133d2ed13cfa

  कार्यक्रममा दुईवटा संस्थाका अध्यक्ष देवीभक्त श्रेष्ठले वरिष्ठ सर्जक गायक तथा  संगितकार गणेश रसिकको निधनले  नेपाली साहित्य र संगितमा अपुरणीय क्षति भएको बताउनुभयो ।

उहाँले रसिकका कालजयती संगितले नेपाली संगितलाई बेग्लै उचाइ  प्रदान गरेको बताउनु भयो । 

उहाँले विगतलाई सम्झदै २०५७ मा प्रथम बार्षिकोत्सबको अवसरको उद्घाटन गरको बताउदै संस्थाका विशेष अतिथी, अतिथी रहदै संस्थालाई अभिभाकत्व प्रदान गर्दै आएको बताउनु भयो । उहाँले सर्जक रसिदको भौतिक शरिर  यस धर्तिमा नभएपनि सृर्जनामा सदैव बाँचिरहने बताउनु भयो । 

5edb98c9-11fb-4cbb-a58f-8967c1b14d1f

साहित्य चौतारीले रजत महोत्सव २०८१ असार ३१ गते वरिष्ठ सर्जक  रसिकलाई अभिनन्दन गर्ने कार्यक्रम  तय गरिएकोमा आफ्नो स्वास्थका कारण उपस्थित हुन नसकेपछि उहाँलाई संस्थाले काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरि अभिनन्दन पत्र हस्तान्तरण गरिएको अध्यक्ष श्रेष्ठले स्मरण गर्नुभयो । 

सोही क्रममा संस्थाका सम्पूर्ण पदाधिकारीहरु सहित अध्यक्ष श्रेष्ठ उहाँको निवास पुगि स्वाथ्यलाभको कामना गर्नुभएको थियो । 

अध्यक्ष श्रेष्ठले  रसिकको निधनले  अपुरणीय क्षति भएको बताउदै रसिद बुआयामिक प्रतिभाका धनि भएको बताउनु भयो । 

उहालाई संगितका साधकरुपमा मात्र नभएर असल साहित्यकारका रुपमा पनि नेपाली कलाप्रेमीले चिन्ने गरेका छन् ।

b96dbb35-ac14-440e-87f2-36fa7fcac412

  त्यस्तै  साहित्य चौतारी बिर्तामोड झापाका निर्वमान अध्यक्ष  हस्त परियार, साहित्य चौतारीका  पूर्व अध्यक्ष तथा नेपाल फिल्म सोसाइटी  कोशी प्रदेशका  प्रथम उपाध्यक्ष  टंक विकल्प लगायतले पनि रसिकको निधनबाट संस्था स्तब्ध एवं मर्माहत  भएको  बताउनुभयो ।

  वरिष्ठ सर्जक रसिकले नेपाली कला, साहित्य र संस्कृति प्रवद्वनमा  महत्वपूर्ण भूमिका पु¥याएको बताउदै उहाँहरुले  साहित्य र संगितको इतिहासमा रसिकको नाम सुनौलो अक्षरले लेखिने बताउनुभयो । 

कार्यक्रममा सप्तक संगित विद्यालयका संस्थापक  सरोज वत्ससहित विद्यार्थी, भजन गायक श्रेष्ठ लगायतले उहाँद्वारा सर्जना तथा संगित गरिएका गित गाएर उहाँलाई भावपूर्ण सम्मान जनाएका थिए । 

 कार्यक्रममा अध्यक्ष श्रेष्ठले  स्व  गणेश  रसिक  र स्व. लक्ष्मीप्रसाद एलपी जोशीको  स्मृतिमा  सप्तक  संगित विद्यालयमा  अक्षयकोषको  स्थापना गर्ने बताउनु भयो ।

उहाँले गणेश–लक्ष्मी  राष्ट्रिय लोक  संगीत  स्मृति  साहित्य  चौतारी प्रतिभा पुरुस्कार घोषणा समेत गर्नुभयो । लोक संगितको क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुपको उक्त पुरस्कार प्रदान गरिने उहाँको भनाइ छ ।

  गएको जेष्ठ १८ गते  आइतबार ७८ बर्षको उमेरमा साहित्यकार संगितकार तथा गायक  गणेश रसिकको  ललितपुरको हरिसिद्विस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा  निधन भएको थियो । 

कार्यक्रमको सहजीकरण पूर्व सचिव तथा नेपाल फिल्म सोसाइटी कोशी प्रदेशका महासचिव दिलीप धिमिरेले गर्नुभएको थियो ।