कनकाई । भरत भाबुक प्रसाई,  रोटरी क्लब अफ सुरुङ्गाले पत्रकार तथा नारी सञ्चार गृह झापाकीअध्यक्ष रेजिना गौतम रोदनलाई रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानीत गरेको छ ।

“हेमकला—टिकाराम निरौला रोटरी बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार” विगत २१ वर्षबाट पत्रकारिता  क्षेत्रमा कलम चलाउनु भएकी गौतम पुरस्कृत हुनु भएको हो । 

IMG_3827

 ग्रामिण क्षेत्रको पत्रकारितामा निरन्तर रुपमा क्रियाशिल हुँदै संचारको माध्यमबाट रोटरी क्लवका गतिविधि साथै विभिन्न सामाजिक संघसंस्थामा समेत नेतृत्व तहमा रहेर समाज रुपान्तरणमा खेलेको भूमिकाप्रति उच्च मुल्याङकन, साथै महिला शसक्तिकरणमा खेलेको भुमिकाको कदर गर्दे  गौतमलाई

 सम्मान गरिएको रोटरी क्लब अफ सुरुङ्गाका पूर्व अध्यक्ष तथा पुरस्कार छनोट समितिका संयोजक शुशील श्रेष्ठले बताउनुभयो । 

कनकाई सुरुङ्गा प्रेस क्लवका  निर्वमानअध्यक्ष साथै  कनकाई नगर क्षेत्रका क्रियाशिल पत्रकार रामप्रसाद निरौला र श्रीमति शान्ता निरौलाले आफ्ना जन्मदाता एवं कर्मदाता बुबाआमा टिकाराम र हेमकला निरौलाको नाममा स्थापना गरेको पत्रकारिता पुरस्कारबाट पत्रकार रोदन सम्मानित भएका हुनुभएको हो । 

IMG_3789

रोटरी क्लब अफ सुरुङ्गाको  ८ औं स्थापना दिवसको अवसर पारी पत्रकार गौतमलाई दोसल्ला ओढाएर नगद १५ हजार सहित सम्मान पत्रबाट सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, रोटरी क्लब अफ सुरुङ्गा २४–२५ का  अध्यक्ष लुवराज उप्रेती, पूर्व अध्यक्ष  सुशीलकुमार श्रेष्ठ,  राेटरी क्लव रिजन ७ का २०२४/०२५ का एजी सुजन प्रधान, रिजन २५–२६ की एजी  निकिता गिरी , एजी र कुमारमणी पाेखरेल, राेटरी सुरूङ्गाका पुर्व अध्यक्ष हरू टिकाप्रसाद कट्टेल, खेम प्रसाईं, सुशील श्रेष्ठ, शिवकुमार कडेल र २०२५/०२६का अध्यक्ष डिल्लीराम मैनाली , दाता परिवारका तर्फबाट टिकाराम एवं रामप्रसाद एवं शान्ता निरौला लगायले संयुक्त रुपमा पत्रकार  गौतमलाई सम्मान गरेका थिए ।

IMG_3759

कार्यक्रममा अतिथीहरुलाई स्वागत गर्दै दाताका तर्फबाट राम निरौलाले पत्रकारिता पुस्कारको औचित्यमाथी प्रकाश पार्नुभएको थियो ।

उहाँले बुबा आमाको त्याग र बलिदानलाई स्मरण गर्दै उहाँहरुको सम्मानका लागि पुरस्कारको स्थापना गरिएको बताउनुभयो ।   

IMG_3783

झापाको कनकाई ७ निवासी पत्रकार रामप्रसाद निरौलाले आज भन्दा ४ वर्ष अगाडी रोटरी उत्कृष्ट पत्रकारिता पुरस्कारको स्थापना गर्नुभएको हो ।

पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आउनुभएका निरौलाले विगत १७ वर्षदेखि निरन्तर रुपमा पत्रकारिता पेशामै क्रियाशिल रहँदै आउनु भएको छ ।

विभिन्न सामाजिक संगठनमा रही निरौलाले विभिन्न सृजनशिल काम गर्दै आउनु भएको छ ।

निरौला झापाको कनकाई नगरबाट प्रकाशित कनकाई खबर साप्ताहिकका सम्पादक– प्रकाशक साथै कनकाई खबर डटकम न्यूज पोर्टलका संचालक ,साथै कनकाई सुरुङ्गा प्रेस क्लवका  निर्वमान अध्यक्ष   हुनुहुन्छ   । 

रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष रोटरीयन लुवराज उप्रेतीको अध्यक्षतामा  सम्पन्न कार्यक्रममा  सम्मानित रेजिना रोदनले अनुभुती मन्तव्य राख्दै आफुमा अझ जिम्मेवारी थपिएको बताउनुभयो । 

कार्यक्रमका प्रमुख अतिथी  कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलेले  समाजिक विकासका लागि कनकाईका युवाहरु एक हुने गरेको बताउनु भयो ।

IMG_3815

उहाँले पत्रकार निरौलाले विगत ४ वर्षबाट पत्रकारितामा कलम चलाउने पत्रकारहरुको हौसला बढाइरहेको बताउनुभयो ।

सम्मानित गौतमलाई शुभकामना दिदै निरन्तर कर्मको उपज नै यो सफल्ता रहेको बताउनुभयो । 

नगर प्रमुख पोखरेलले रोटरीको स्थापना दिवसका शुभकाना दिदै  बिकास र समाजिक रुपान्तरणमा नगरपालिकाले सधै  रोटरी क्लब संग सहकार्य गरिरहने बताउनुभयो । 

कार्यक्रममा  कनकाई खेलकुद प्रष्ठिानका अध्यक्ष  छवि थपलिया, राेटी क्लव अफ सुरूङ्गाका संस्थापक अध्यक्ष एल.पी. उप्रेती,  राेटरी रिजन ७ का २०२५/ ०२६ का एजी   निकिता गिरी लगायतल  शुभकाना मन्तव्य राख्नुभएको थियो ।

  कार्यक्रममा  राेटरी क्लव रिजन ७ का २०२४/०२५ का एजी सुजन प्रधान र कुमारमणी पाेखरेल, राेटरी सुरूङ्गाका पुर्व अध्यक्ष हरू टिकाप्रसाद कट्टेल, खेम प्रसाईं, सुशील श्रेष्ठ, शिवकुमार कडेल र २०२५/०२६का अध्यक्ष डिल्लीराम मैनाली

IMG_3821

लगायत  विभिन्न स्थानीय स्तरमा क्रियाशिल सामाजिक  प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन २०२४–२५का सचिव  सोमनाथ उप्रेतीले गर्नुभएको थियो ।