चन्द्र बस्नेत

कनकाई ,११ असार , झापाको कनकाई नगरपालिकामा ३ मा संचालित ३ महिने कम्प्युटर तालिम सम्पन्न भएको छ।कनकाई नगरपालिका वडा न ३ सुरुङ्गामा  सुरुङ्गा सामुदायिक सिकाई केन्द्रको आयोजना वडा न ३ को आर्थिक सहयोगमा गत बैशाख  २१ गते आईतवार देखि असार ११ गते  बुधबार सम्म चलेको ३ महिने कम्प्युटर तालीम सम्पन्न भएको हो ।आयोजक संस्था सुरुङ्गा सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष पुस्पा भट्टराई (कडेलको) सभापतित्वमा भएको तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि वडा न ३ का अध्यक्ष युवराज चौलागाईं  रहनुभएको थियोे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौलागाईंले  यस्ता तालिमहरु नगर तथा वडामा अति आवश्यक रहेको मनन गर्दै आगामी दिनमा समेत वडाको तर्फबाट  बजेटको ब्यस्थापन गर्दै प्राथमिकतामा राख्ने विश्वास दिलाउनु भयो ।उहाँले ३ महिना सम्म सिकेको सिपलाई सकेसम्म  सहिसदुपयोग गर्दै अगाडी बढ्न सुझाव दिनुभयो ।

प्रमुख अतिथि वडा अध्यक्ष चौलागाईंले  शिक्षा क्षेत्रलाई समुन्नत बनाउन आजको आवश्यकता कम्प्युटर नै भएको बताउनु भएको थियोे    । उहाँले उत्कृष्ट विद्यार्थी उत्पादन गर्नमा सुरुमा यस्ता तालिमले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयोे ।

कार्यक्रममा विशिस्ट अतिथि भगवती सहकारी संस्थाका अध्यक्ष युवराज संङ्ग्रौला,  सोही वडाका वडा  सदस्य गोविन्द सुवेदी , सुरुङ्गा जेसिजका अध्यक्ष दिपेन्द्र प्रधान लगायतले आज हरेक क्षेत्रमा कम्युटर कै प्रयोग हुने भन्दै जिविको पार्जन गर्न समेत यो ज्ञान हुनेलाई सहज हुने भन्दै सिकेको सिपलाई अवसरको रुपमा परिणत गर्न खोजी गर्दै अगाडी बढ्न आग्रह गर्नुभएको थियोे  । उहाँहरुले विभिन्न विद्यालय सहित अन्य क्षेत्रमा पनि ज्ञान र सीप हुनेहरुको आवश्यक रहने भएकाले प्राप्त ज्ञान र सीपको सहि सदुपयोग गर्दै अगाडी बढन सुझाव दिनुभएको थियो ।कार्यक्रममा वडा सदस्यीय गोविन्द सुवेदीले वडा न ३ मा प्राप्त बजेटलाई योजनावद्व रुपमा सबै क्षेत्रमा मिलाएर युवा, महिला , बालबालिका , जेस्ट नागरिक लक्षित तालिमहरु सम्पन्न गराएको जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थाका सल्लाहकार शिवकुमार कडेलले जुन उदेश्यले संस्था स्थापना भएको हो त्यस्तै गतिविधिमा सिकाईकेन्द्र लागिपरेकोमा खुशी प्रकट गर्दै स्थानीय तह अन्तर्गत नगर तथा वडा कार्यलय , विभिन्न विद्यालय, संघ संस्था , समूह लगायतसँग समन्वय र सहकार्य गर्दै अगाडी बढ्न सुझाव दिनुभएको थियोे ।

३ महिने  कम्युटर तालीम सुरुङ्गा स्थित कनकाई कम्युटर ईन्स्टिच्युटमा गराईएको थियोे । समापन कार्यक्रममा कनकाई कम्प्युटर इन्स्टिच्युटका प्रशिक्षक  प्रवेश घिमिरेले कुनै पनि सीप सिक्नु ठूलो कुरा नभएको तर सिकेको सिपलाई सहि सदुपयोग गर्दै आफुले आफुलाई नै विश्वास गर्नु ठूलो कुरा भएको बताउनुभएको थियोे ।उहाँले सीप सिक्दा होस या अन्य कुनैपनि कार्य गर्दा आफुले आफुलाई नढाट्न र झुट नबोल्न सुझाव दिनुभएको थियोे ।

तालिम समापनको अवसरमा प्रशिक्षार्थिको तर्फबाट गोमा चुडाल र संङ्गिता कुमालले ३ महिना सम्म आफुले सिकेको अनुभव सुनाउनु भएको थियोे  ।उहाँहरुले आफुहरुलाई कम्प्युटर सिक्ने अवसर दिनुभएकोमा वडा कार्यलय त्यस्तै आयोजक संस्था सुरुङ्गा सामुदायिक सिकाई केन्द्र र व्यवस्थापक कनकाई ईन्स्टिच्युट सुरुङ्गा प्रती आभार प्रकट गर्दै आगामी दिनमा समेत आफुहरु जस्तै सबैलाई अवसरको ब्यवस्थापन गरिदिन आग्रह गरेका थिए ।

यता आयोजक संस्था सुरुङ्गा सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष तथा कार्यक्रमकी सभाध्यक्ष भट्टराई (कडेलले) सिकेको सिपलाई सहि सदुपयोग गर्न सुझाव दिनु भयोे । उहाँले बहिनी छोरीहरुले सिकेको सिपलाई कुनै ठाउँमा आवश्यक पर्ने भन्दै सहि सदुपयोग गर्दै अघि बढ्न आग्रह गर्नुभएको थियोे ।उहाँले आफ्नो संस्था निरक्षर लाई साक्षरता , सीप विहिन लाई सीप युक्त , बनाउने उद्देश्यले स्थापना भएको नेपाल सरकारबाट मान्यता प्राप्त संस्था रहेको बताउनुभयो ।

उहाँले यस अघि कनकाईमा नै वडा न १ मा १ महिने  मन्टेश्वरी तालिम वडा न ६ मा  माईनट लेखन तथा उद्धघोषण तालिम , दिईसकेको र अहिले पनि कनकाई कै वडा न ८ को दुई स्थान तथा कनकाई ३ को झरना बस्तीमा समेत यस्तै खालका अन्य तालीमहरु निरन्तर चलिरहेको जानकारी गराउनुभयो।

उहाँले संस्थाले कनकाई नगर मात्र नभई छिमेकी पालिकामा समेत यस्ता कार्यक्रम गर्दै आएको जानकारी गराउनु भयोे ।कार्यक्रमको औचित्य तथा स्वागत  उपाध्यक्ष मुनादेवी सिटौलाले गरेको कार्यक्रमको सन्चालन आयोजक संस्थाकी सचीव लिला प्रसाईंले गर्नुभएको थियोे ।