चारपाने ।  भरत प्रसाई, चारपाने अर्जुनधारा बिकास समाजले स्थानिय  नागरिकहरुको साथमा राष्ट्रिय धान दिवस २०८२ मनाएको छ  । 

धान रोपि  कृषकको मनोबल बढाउदै  मनाइने यस दिवसमा भूमि मातालाई पुजन गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

  साङवेद संस्कृत मा.वि विवेकाश्रमको बल्क  नम्वर ३ मा रहेको खेतमा कार्यक्रमका  प्रमुख अतिथी बिर्तामोड वडा नम्वर २ का वडाध्यक्ष  किशोर कुमार पौडेल,चारपाने अर्जुनधारा बिकास समितिका अध्यक्ष देविप्रसाद संग्रौला, साङ्वेद संस्कृत मा.विका संरक्षक छन्दुराम भण्डारी  लगायतले संयुत्तरुपमा धान रोपि धान दिवसको  मनाउनु भएका  थियो ।

उज्यालो बाल क्लबको सह–आयोजनामा सम्पन्न कार्यक्रमलाई प्रयोजन सहारा नेपाल साकोसले गरेको थियो । 

कार्यक्रममा बोल्दै चारपाने अर्जुनधारा बिकास समाजका अध्यक्ष संग्रौलाले नेपालीको संस्कार  र संस्कृति संरक्षण गर्दे समाजिक सृजनशिलताका विविध कार्यक्रम गर्दे जाने बताउनुभयो ।

उहाँले ८० प्रतिशत भन्दा बढी नेपाली कृषिपेशामा आश्रित रहने हाम्रो जस्तो नेपालका लागि धान दिवस मात्रै नभएर जीवन धान्ने आधार रहको बताउनु भयो ।

धान दिवसको  शुभकामना दिदै बिर्तामोड वडा नम्वर २ का वडाध्यक्ष  किशोर कुमार पौडेलले कृषि पेशा मात्र नभएर नेपालीको जीवन निर्वाहको  माध्यम भएको बताउनु भयो ।

पछिल्लो समय धान उत्पादनमा कमी आउन थालेको बताउदै बिकासमा नामा जमिन मास्दै जानु दुखत कुरा भएको बताउनुभयो । 


कार्यक्रमम अग्रज सामाजसेवीहरु हरिप्रसाद भण्डारी,  डिल्ली सिटौला, साङवेद संस्कृत मा.विका सहायक प्रधानाध्यापक सोमनाथ गौतम, रामप्रसाद सिटौला, मदन गोपाल सुब्बा, दिननाथ  सिग्देल, जगन्नाथ सिग्देल, वृहस्पति निरौला, बलराम प्रसाई, जनक पौडेल, हिरी कुमार धिमिरे दिपा मैनाली, पवित्रा थापा शुशिला न्यौपाने,विष्णु खरेल,नरेन्द्र सिलवाल तथा पत्रकार बाल सञ्चार मञ्चका अध्यक्ष सरोज पौडेल ,पत्रकार भरत भाबुक प्रसाई लगायत   चारपाने वडा  नम्वर २ भित्रका स्थानीयबासीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

   कार्यक्रमको सञ्चालन चारपाने अर्जुनधारा बिकास समाजका सचिव भरत भट्टराईले गर्नुभएको थियो ।