झापा । भद्रपुरमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । आज दिउँसो अन्दाजी ३ बजे भद्रपुर-३ देउनियाँ खोला र मेची खोलाको दोभानमा डुबेर बालकको मृत्यु भएको हो ।

भद्रपुर-२ महारानी चोक बस्ने अर्जुन लिम्बूका छोरा अन्दाजी १२ वर्षका अर्पण लिम्बू साथीहरूसँग त्यहाँ पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी किचकवधबाट खटिएको प्रहरी टोलीले स्थानीयहरूको सहयोगमा खोजतलास गर्ने क्रममा सोही स्थानमा अर्पणलाई मृत फेला पारेको हो ।