बिर्तामोड 

नेपाली युवा उद्यमी मञ्च एनवाइइएफ झापाको अध्यक्षमा गणेश पौडेल चयन भएका छन् । मेचीनगर स्थित होटल मेची क्राउनमा शुक्रबार राती भएको संस्थाको दोस्रो अधिवेशनले पौडललाई अध्यक्षमा चयन गरेको हो ।

बिर्तामोडका युवा व्यवसायी पौडेल संस्थाको तेस्रो अध्यक्ष भएका हुन् । उनी मञ्च झापा शाखाको संस्थापक द्वितीय उपाध्यक्ष थिए भने हाल प्रथम उपाध्यक्ष रहेका थिए । पौडलको कार्यकाल एक वर्षको हुनेछ ।

समितिको प्रथम उपाध्यक्षमा मिजास पोखरेल र द्वितीय उपाध्यक्षमा सुरज चौधरी रहेका छन् । पोखरेल कार्यसमितिको सचिव र चौधरी कोषाध्यक्षको रुपमा रहनेछन् । उनीहरु दुवैजना बिर्तामोडका व्यवसायी हुन् ।