समाचार

प्लस टु सञ्चालन गर्दै भद्रपुरको ग्यालेक्सी स्कूल

असार २२, २०८२ मा प्रकाशित
माेफसल अनलाइन
 
alt

भद्रपुर । झापाको भद्रपुर नगरपालिका–९ स्थित ग्लेक्सी इङ्लिस स्कूलले यही शैक्षिक सत्र २०८२ देखि कक्षा–११ को अध्यापन शुरु गरेको छ ।

स्कूलले आज पत्रकार सम्मेलनको आयोजना गरी कक्षा–११ मा कम्प्युटर विज्ञान र व्यवस्थापन संकायमा पठनपाठन शुरु गरेको जनाएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिमल अग्रवालले २०६८ सालमा स्थापित ग्लेक्सी इङ्लिस स्कूलले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो ।

विश्वस्तरीय विद्यालय मापदण्डमा अग्रसर गराउने उद्देश्यले विसं २०७२ सालदेखि भद्रपुर–९ मा पर्याप्त जग्गा व्यवस्थापन गरी थप स्तरीय शिक्षा प्रदान गरिँदै आएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा विद्यालयका शिक्षक देवीप्रसाद सुवेदीले विगत १२ वर्षदेखि सञ्चालित स्कूलले शिक्षा क्षेत्रमा उल्लेख्य योगदान गर्दै आएको बताउनुहुँदै कक्षा–११ मा कम्प्युटर विज्ञान र व्यवस्थापन संकायमा अध्यायन शुरु गर्न लागिएको जानकारी दिनुभयो ।

स्कूलले प्लस टु सञ्चालनका लागि अनुभवी शिक्षक वेदप्रकाश घिमिरेलाई कोअर्डिनेटर नियुक्त गरेको छ । कोअर्डिनेटर सुवेदीले शिक्षा क्षेत्र सबैभन्दा बढी संवेदनशील क्षेत्र भएकाले सानो कमजोरीले पनि विद्यार्थी भविष्य संकटमा पर्ने बताउनुभयो । अहिलेको विश्वस्तरीय प्रविधिमा आधारित शिक्षा प्रदान गरिने उहाँले बताउनुभयो ।

ग्यालेक्सीका विवेक चम्लागाईंले शैक्षिक सत्र २०८१ को एसईईमा स्कूलले ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बताउनुभयो । भद्रपुर नगरकै उत्कृष्ट नतिजा हासिल गरेको उहाँले दाबी गर्नुभयो ।

    पत्रकार सम्मेलनमा पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले अहिले समय अनुसार दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षाको आवश्यकता रहेकाले स्कूलले गरिखान सक्ने बनाउने किसिमको शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।

    एसईई उत्कृष्टलाई सम्मान
    कार्यक्रममा शैक्षिक सत्र २०८१ को एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो ।

    एसईईमा ३.७० जीपीए ल्याउने अल्बिना तामाङ, ३.६९ जीपीए ल्याउने सोनु मेचे, ३.५७ जीपीए ल्याउने पूजा महतो, ३.५३ जीपीए ल्याउने मनुश्री पराजुली, ३.४२ जीपीए ल्याउने पोषन पौडेल, ३.३५ जीपीए ल्याउने प्रेन्सी ओली, पवन ओली, ३.२३ जीपीए ल्याउने विवश ढकाललाई सम्मान गरिएको थियो ।

    त्यस्तै, एसईईमा सफलता प्राप्त गर्ने गगन चम्लागाईं, अमित मल्लिक, बिना राजवंशी, जेनिसा न्यौपाने, प्रियन्का राउत, तुलसी महतो, एञ्जल ठाकुर, असर पौडेल, अस्मिता राया, हिमान्सु लिम्बू, रिदम काफ्ले, सुस्मिता प्रसाईं, प्रितम कुण्डुलाई सम्मान गरिएको थियो ।

    पत्रकार सम्मेलनमा स्कूलका संस्थापक सञ्चालक रौनक वंशल, देव गोयल, सुनिल घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

    स्कूलले विद्यार्थीमा निहित फरक प्रतिभालाई अभ्यास गराउन फराकिला खेल–मैदान, खेल प्रशिक्षक, नृत्य–संगीत कक्षा, बालमैत्री कक्षाकोठा र समयसापेक्ष प्रविधिको प्रयोगको साथ व्यवस्थापन गरी, गुणस्तरीय शिक्षा र जीवनोपयोगी सीप प्रदान गर्दै आएको संस्थापक सञ्चालक रौनक वंशलले जानकारी दिनुभयो ।

    • ४५८ पटक पढिएको
    सीएनआईवाईईएफ कोशीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, रजत सहेवाला अध्यक्षमा चयन सीएनआईवाईईएफ कोशीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, रजत सहेवाला अध्यक्षमा चयन

    बिर्तामोड, असोज १८ — नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (CNIYEF) कोशी प्र ...

     बालज्योती प्रतिष्ठानद्वारा देशविदेशका ९ स्रष्टा सम्मानित, भद्रपुर नगर गीत विमोचन बालज्योती प्रतिष्ठानद्वारा देशविदेशका ९ स्रष्टा सम्मानित, भद्रपुर नगर गीत विमोचन

    झापा, — झापाको भद्रपुर-९, पोकापाडास्थित श्री बालज्योती प्रतिष्ठान इङ्गलिस स ...

    • श्री निर्मला मिडिया प्रा.लि द्वारा सञ्चालित माेफसल अनलाइन
    • कम्पनी दर्ता : ३१९६६८/०८०/०८१
    • सूचना विभाग दर्ता : ४७४०-२०८१/२०८२
    • बिर्तामोड १, झापा, इकम कलेजको पूर्वपट्टि
    • बिज्ञापन अनि समाचारका लागि : ९८१६०७९१०२
    • इमेल : [email protected]
    • सम्पर्क फाेन : ९८१६०७९१०२

    हाम्रो टीम

    • प्रधान सम्पादक युवराज प्रसाईं
    • प्रबन्ध निर्देशक तथा समाचार प्रमुख भरतराज प्रसाईं
    • सल्लाहकार पवित्रा प्रसाईं, उमाकान्त खनाल, नगेन्द्र सिलवाल, निर्मला आचार्य
    • बिर्तामोड कार्यलय सहयाेगी ओम नारायण राजवंशी
    • कनकाई ब्युराे प्रमुख चन्द्र बस्ने
    • बुद्ध शान्ति ब्युरो प्रमुख पवन ढकाल

    Copyright © 2023 / 2026 / Mofasalonline.com / All Rights Reserved.

    Website by: Hash Tech Logic