बिर्तामोड ( झापाको) बिर्तामोडस्थित बिर्तामोडमा सञ्चालित  तक्षशिला प्रोगेसिभ अंग्रेजी स्कुलले थाइल्याण्डको  बैककमा आयोजित प्रतिष्ठित वल्ड स्कूल समिट २०२५ मा २ वटा अन्तराष्ट्रिय पुरस्कार जित्न सफल भएको छ ।

  उक्त समिटमा  अमेरिका , भारत , वंगलादेश लगायतका विभिन्न अन्तराष्ट्रिय विद्यालयहरुको सहभागिताका बिच  शैक्षिक उत्कृष्टता, रुपान्तरणकारी शिक्षाका पु¥याएको कदर गर्दै सम्मान गरिएको  हो । 

उक्त पुरस्कार स्कुलका प्रबन्ध निर्देशक डा. निराजन प्रसाई र कार्यकारी निर्देशक डा. अञ्जना कार्की प्रसाईलाई प्रदान गरिएको थियो ।

788888888888

विशेष कार्यक्रमका बिच यही जलाई ५ तारिक शुक्रबार थाइल्याण्डको राजधानी बैंककमा उक्त पुरुस्कार प्रदान गरिएको विद्यालयका प्रबन्ध निर्देशक निराजन प्रसाईले बताउनु भयो । 

 कार्यक्रममा  Best school for Holistic Education, and best school for excellence in Montessori education, गरि २ वटा विधामा  पुरस्कार हात पारेको छ ।  पुरस्कारले  अझ जिम्मेवारी थपिएको कार्यकारी निर्देशक प्रसाईले बताउनुभयो ।

उहाँले शिक्षाको गुणस्तरीयतामा तक्षशिलाले कहिल्यै सम्झौता नगर्ने  बताउनुभयो ।

उहाँले यो सम्मान अभिभावक र समग्र कर्मचारी, तथा शिक्षकहरुको लगनशिलताको उपज भएको बताउनु भयो ।