झापा, असार २२ – गौरादह नगरपालिका–८ हाल बिर्तामोड–४ निवासी सुजता राजवंशी नाम गरेकी १३ वर्षीया बालिकालाई आफ्नै बुबाले “छोरी हैन” भन्दै जन्मदर्ता नगरिदिएको, शिक्षाबाट ४ वर्षदेखि वञ्चित बनाएको पीडादायक घटना एक वर्षअघि मेचीमाहाकाली बुहारी संयुक्त आवाजको ध्यानमा आएको थियो। बालिकाको भविष्य अन्धकारमा नजाओस् भनेर संस्थाले तत्काल कानुनी तथा सामाजिक रूपमा पहल थालेको थियो ।

77777यस विषयमा संस्था गौरादह नगरपालिका, झापा प्रशासन, वडा कार्यालय लगायत सरोकारवाला निकायहरूसँग निरन्तर समन्वयमा रहँदै आएको थियो। तर दुःखको कुरा, बालिकाका बुबाले उल्टै संस्थामाथि झूटो आरोप लगाउँदै मुद्दा दायर गरेका थिय ।

गत माघमा सो मुद्दामा अदालतको फैसला संस्थाको पक्षमा आएपछि कानुनीरूपमा महत्वपूर्ण सफलता प्राप्त भएको थियो । तर त्यो केवल पहिलो खुड्किलो थियो संस्थाको लक्ष्य बालिकालाई विद्यालयसम्म पुर्याउनु थियो ।

516141691_4029950600598061_4030226753988326050_nलगातार प्रयास, समन्वय र संघर्षपछि, असार २२ गते बालिकालाई बिर्तामोड–४ स्थित अनारमनी आधारभूत विद्यालयको कक्षा ५ मा भर्ना गराइएको छ।

बालिकाले आज औपचारिक रूपमा विद्यालय जीवन सुरु गरेकी छिन् जुन एक सामाजिक जीत हो, र सम्पूर्ण मानवताका लागि प्रेरणाको विषय हो ।

संस्थाका केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले , झापा संयोजक गंगादेवी भट्टराई, सह–संयोजक रोशनी अधिकारी, सचिव रिना राई  लगायत  झापा शाखा परिवार , उपशाखा कमल संयोजक चन्द्रकला सुब्बा लगायत  शाखा परिवार तथा दमक परिवार, र आजीवन सदस्यहरू मनिषा ढुंगेल, विनु राजवंशी, मीना यादव ताजपुरिया, चन्दा उप्रेती  लगायत सम्पूर्ण टिमको यो समर्पण सराहनीय छ ।

   पिडित सुजताहरुको पक्षमा मेचीमहाकाली बुहारी संयुक्त आवाज सदैव  बुलन्द भएर अभिने   झापा जिल्ला संयोजक गंगादेवी भट्टराईले बताउनु भयो  ।

516585788_4029950883931366_8930091965722953401_nग्रामिण भेगका महिला हरुको क्षमता अभिब्रिद्दी गराई सामाजिक राजनैतिक प्रक्रियामा उनीहरुकै बीच बाट प्रतिनिधित्व नभइन्जेल सम्म वास्तविक महिला हरुको परिवर्तन हुदैन भन्ने मान्यता सहित स्थापना भएको  यो अभियान मुलक संस्था ५० वटा भन्दा बढी जिल्लामा फैलिएको छ ।