चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने पक्की पुल बगाएको छ।
गएराति सवा ३ बजेतिर भोटेकोसी नदीमा आएको बाढीले पक्की पुल बगाएको हो। बाढीले भन्सार र्याडमा भएको कन्टेनरहरू पनि बगाएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बाढीले सडक, पुल, भन्सार यार्डमा रहेका सवारीसाधन र सुख्खा बन्दरगाहसमेत बगाएको छ।
क्षतिको विवरण आइनसकेको तर ठूलो क्षति भएको अनुमान गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए। बाढी राति आएको र मानवीय क्षति पनि भएको हुन सक्ने अनुमान गरिएको उनको भनाई छ।
नाकामा अहिले सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारी पौडेलले बगाएको गाडीमा मान्छे पनि रहेको हुन सक्ने बताए।
उद्धारका लागि हेलिकोप्टरसँग समन्वय भइरहेको र खराब मौसमको कारण समस्या भएको बताए।














