झापा, २८ असार । झापाको कनकाई नगरपालिकामा प्रधानमन्त्री केपी शर्मा ओलीले एक विशेष कार्यक्रमका बिच ५ परिवारलाई सांङकेतिक रुपमा धनीपुर्जा वितरण गर्नुभएको  छ । 

आज कनकाई नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा प्रधानमन्त्री ओलीको हातबाट कनकाई–३ स्थित सुरुङ्गामा रहेको कनकाई उद्योग वाणिज्य संघको हलमा धनीपुर्जा वितरण गरिएको हो । 

IMG_4577

भूमि समस्या समाधान आयोग जिल्ला समितिको  सहजीकरण तथा कनकाई नगरपालिकाको आयोजनामा आयोजित कार्यक्रममा आजै तयार भएको अन्य  २ सय ८ जनालाई धनीपुर्जा वितरण  गरिएको कनकाई नगरपालिका भुमि इकाई समितिकी संयोजक रन्जिता कट्टेलले जानकारी दिनु भयो । 

 जनहितमा जारी

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार बनेपछी भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका तथा दलित समुदायलाई व्यवस्थि  गर्न आयोग बनाई धनीपूर्जा वितरण कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । 

उहाँले एक फरक प्रंसङगमा  सरकार आजै ढल्छ भोली नै ढल्क भनेर हुइया नफिजाउन आग्रह गर्नुभयो । उहाँले यो  गठबन्धन स्थायित्व र  बिकासका लागि रहेको बताउनुभयो ।


उहाँले इमादारिता पूर्वक अबको १ वर्षमा राजीनामा दिने र नेपाली कांग्रेसका सभापति शेरबहादुर  देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने भएकाले कसैले फिजाउने भ्रममा नर्पन जनताहरुलाई आग्रह गर्नुभयो । 

नेपाल अहिले बिकासको अभियानमा होमिएको बताउदै केही भएको छैन भनेर निराशामा आफ्नो उर्जाशिल समय व्यतित  गर्न नहुने बताउनुभयो ।  

IMG_4587

 २०७४ सालदेखि सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा दलित समुदायका लागि धनीपुर्जा वितरणको कार्यक्रम सञ्चालन हुँदै कनकाई नगरपालिकाले यसअघि १ सय ६० जनालाई धनीपुर्जा वितरण गरिसकेको छ ।

कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले सम्माननीय प्रधानमन्त्रीको हातबाट  धनीपूर्जा वितरण हुनु कनकाई नगरका लागि गौरवको कुरा रहेको बताउनु भयो ।

 कनकाई भित्र रहेका कयौ जग्गाहरु विपन्न दलितहरुले १० वर्षभन्दा अगाडीबाट भोक चलन गर्दै आएतापनि समुदायिक बनहरुले दाबी गरिरहदा विपन्न जनताहरुले पाउन नसकेको बताउनुभयो ।

  उहाँले जमीन र भौगोलिक समस्याहरुलाई स्पष्ट गर्ने गरि कानुन निर्माण गरि कयौ वर्षबाट भोगचलन गरेका नागरिकको अस्तित्वलाई सम्मान हुने गरि भूमि समस्या समाधान आयोगले काम गर्नेमा आफु  आशावादी रहेको बताउनु भयो । 

IMG_4559शनिवार कनकाईमा वडानम्बर ३ मा मात्रै भुमिहिन सुकुम्वासी ५३ जना, भुमिहिन दलित ३ जना र अव्यवस्थित बसोबासीको आधारमा ७१ जना गरि कुल १सय २७ घर परिवारले जग्गा धनीपुर्जा प्राप्त गरेका छन् ।


 यस वाहेक वडानम्बर ६ मा अवस्थित बसोबासीको आधारमा ६६ परिवार, भुमिहिन दलित तर्फ २ जना र सुकुम्वासीको आधारमा १२ जना गरि जम्मा ८० जनाले र कनकाई ८ नम्बर वार्डमा १ जना सुकुम्वासीले धनीपुर्जा पाएका थिए ।

  धनीपूर्जा वितरण कार्यक्रममा  स्थानीयबासी संघीय तथा प्रदेशका मन्त्रि सांसद र  तथा पूर्वमुख्य मन्त्रिहरुको उपस्थिती रहेको थियो । 


कार्यक्रममा आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले पूर्वदेखि पश्चिम महाकालीसम्म भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई क्रमशः जग्गा धनीपूर्जा वितरण गरिने जानकारी दिनुभयो ।