सामाजिक अभियन्ता रोशन  पौडेल भन्नु हुन्छ ः सबैको कोसिसले यी विपन्न बालबालिकाले शिक्षा पाउछन्, 

                                     स्टेशनरी वितरण गरी आफ्नो जन्मोत्सव मनाउदै 

न कै लिएर आयौ न नै केही लिएर जानु छ । बस हामीले गरेको कर्म नै समाजमा सदैव जिवन्त रहन्छ, सयौ कोश टाढा मुग्लानमा बसेर नेपाली दिदीबहिनी हरुको पिडामा मलम लगाउदै आउनुभएकी मेचीमहाकाली बुहारी संयुक्त आवाजकी केन्द्रिय संस्थापक अध्यक्ष यमन शर्मा पौडेलका श्रीमान सामाजिक अभियन्ता रोशन पौडेलले आफ्नो जन्मदिन बिर्तामोड ७ स्थित नमुना बस्तिका बिपन्न बालबालिका संग मनाउनु भएको छ ।


e3046b08-4931-4a4c-8196-7e9b53f07f5e

उहाँले समाजमा शिक्षको दियो बाल्न बिपन्नता बिचबाट अभावलाई चिर्दै पढ्नु पर्ने बाध्यता भएका  ५० भन्दा बढी बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।

कार्यक्रमको सहजीकरण मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रिय अध्यक्ष चन्द्रकला काफ्ले,झापा जिल्ला संयोजक गंगा  भट्राई,झापा जिल्ला आजीवन सदस्य मनिसा ढुङगेलले गर्नुभएको थियो ।

 कार्यक्रममा केन्द्रिय अध्यक्ष काफ्लेले सामाजिक अभियन्ता रोशन पौडेलको आज पर्न गएको शुभजन्म दिनका अवसरमा शुभकामना व्यक्त गर्दै संस्थाको अभिभावक भएर सदैव समाज रुपान्तरणमा सहयोग पु¥याउनुभएको भन्दै हार्दिक आभार व्यक्त गर्नुभयो । 


eff765c1-f221-4baf-bdd7-b1f978f959c1

उहाँले रोशन पौडेल समाजका लागि निकै प्रेरणादायी व्यक्तित्व भएको बताउनुभयो ।

 महिला शिक्षित भए समाज आफै शिक्षित हुने भएको भन्दै समाजिक अभियन्ता पौडेलले महिला तथा बालबालिकाको समग्र उन्नयनका लागि संस्थाले गरेको विविध कार्यक्रममा सहकार्य गर्दै आउनुभएको अध्यक्ष काफ्लेले बताउनु भयो । 

उहाँले स–सना बालबालिकाहरुलाई स्टेशनरी सामाग्री वितरण गर्दै  समाजिक परिर्वतनमा  एउटा इटा थप्ने काम गर्नुभएको छ । 

d1dddb54-7755-4392-9abf-72b8f0bae1b7

बिकास आवाजले हैन कर्मले सम्भव हुने गर्दछ । बास्तवमा परिर्वतनको सुरुवात एक बाट शुरु हुन्छ भनेझै आफ्ना प्रेरणादायी कार्यले   पौडेल समाज परिवर्तनको संवाहक बन्नु भएको छ । 

 परिवारमा साथ दिने श्रीमान भए हरेक रुपले श्रीमति सफल हुने  मेचीमहाकाली बुहारी संयुक्त आवाजकी केन्द्रिय संस्थापक यमन शर्मा पौडेल बताउनु हुन्छ  । 


ff9fbfcc-015b-4726-8d32-e767eef3ec3f

जसरी  माया स्नेह र समाज प्रतिको सेवा भावमा पति श्रीमान रोशन पौडेलले श्रीमति यमन शर्मा पौडेललाई साथ दिनुभएको छ,साँचै  यो हरेक परिवारको लागि प्रेरणा र उर्जा बनेको छ । 

 बिर्तामोड ७ स्थित नयाँ बस्तीका बिपन्न बालिकाहरुलाई आवश्यक शैक्षिक सामाग्री वितरण गरी उनीहरुको शिक्षाका लागि सहयोग प्रदान  गरेको भन्दै  नयाँ बस्तीका स्थानियबासीहरुले खुसी प्रकट गरेका थिए ।

ef7b6dc9-e200-417f-8913-e8ed9a1e94a8

 कार्यक्रममा मेचीमहाकाली बुहारी संयुक्त आवाजकी  झापा जिल्ला संयोजक भट्टराईले जन्म दिन रचनात्मक बनाउदै दुरदराजका बालबालिकाहरुको आवश्यकता पुरा गरि आफ्नो जन्म उत्सव मनाउनु समाज लागि उत्प्रेरणा बनेको बताउनुभयो ।