विराटनगर । सुनसरीको हरिनगरमा भिनाजुले गोली हानेर सालीको हत्या गरेका छन् ।

भिनाजु आजात मियाँले राति २ बजे साली अर्चना खातुनको गोली हानी हत्या गरेका हुन् । गोली हान्नुको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घरमा मृतक खातुन र उनीकी बहिनी मात्रै बस्दै आएका थिए । भारतको अररीया जिल्ला घर भएका भिनाजु राति–राति आउने गरेको खुलेको छ ।

हत्यामा संलग्न अजात आपराधिक पृष्ठभूमिको रहेको देखिएको तिम्सिनाले बताए । यस अघि उनी चोरी कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।