sharethis sharing button


काठमाडौं, असार ३० । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (सोमबार) प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने उनको सचिवालयले जानकारी दिएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ ।

आज मन्त्रीहरूसँगसांसदहरूले प्रश्नोत्तर गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।