कनकाई नगरका १६ जना उत्कृष्ट ब्यक्तित्वहरु पुरस्कृत तथा सम्मानीत


    झापामा भिन्नै पहिचान बनाउन सफल कनकाई नगरपालिकाले नगरको पहिचान सहतिको आगामी आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रमको निलो पुस्तक सार्वजनिकीकरण गरेको छ ।

    collage (1) 2

      नागरपालिकाले विशेष कार्यक्रमको आयोजना गरि आर्थिक वर्ष २०८२–२०८३ को नीति , बजेट समेटिएको निलो पुस्तक सार्वजनिकीकरण गरेको हो । 

    कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  कोशी प्रदेशकाखानेपानी सिचाई तथा उर्जामन्त्री एकराज कार्कीले  नगरको पहिचान समेटिएको निलो पुस्तक सार्वजनीकीकरण गर्नुभएको थियो । 

    IMG_4655

    कार्यक्रमलाई सम्बोधन गर्दै  मन्त्री कार्कीले पुजीगत खर्च परिचालनमा  कनकाइ नगरपालिकाले ८० प्रतिशत भन्दा बढी सफल्ता पाँउनु प्रशासकीय हिसाबले  राम्रो रहेको बताउनु भयो ।

    उहाँले जनताका पिडालाई सम्बोधन गर्ने गरि बजेट आएकोमा आफु आशाबादी रहेको बताउनुभयो ।

    उहाँले कनकाई नगरपालिकाले आर्थिक वर्षको पुस्तक नै प्रकाशन गरेर अन्य पालिकाका लागि उदाहरणीय काम गरेको बताउनुभयो । 

    कार्यक्रममा  कनकाइ नगरपालिकाकी उप–प्रमुख आशा शर्मा शिवाकोटीले  चालु आर्थिक बर्षका २०८२–८३को नीति , बजेट र कार्यक्रम  प्रस्तुत गर्नुभएको थियो ।

    उहाँले आगामी आर्थिक बर्षका लागि ७० करोड ६९ लाख २५ हजार १०१ रुपैयाको नीति, बजेट  विनियोजन गरिएको जानकारी दिनुभयो ।

    कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले राम्रो नीति तथा कार्यक्रम ल्याउँदैमा सफल नहुने बताउनुभयो । उहाँले नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्दै जनताको अनुहारमा खुसी ल्याउने काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    “आगामी साउनदेखि कात्तिक मसान्तसम्म सबै ठेक्कापट्टा लगाउने काम सक्छौं”, उहाँले भन्नुभयो, “पुस भित्र उपभोक्ता समितिबाट गरिने कामको सम्झौता गरिसक्ने कार्यतालिका बनाएका छौं ।”


    IMG_4659

    सोही कार्यक्रमकाबिच नगरका बिभिन्न क्षेत्रका उत्कृष्ट ब्यक्तित्वहरुलाई पुरस्कृत तथा सम्मान गरिएको छ ।  नगरले दर्जनवढी उत्कृष्ट ब्यक्तित्वहरुलाई पुरस्कृत तथा सम्मान  गरेको हो । 

    नगरका उत्कृष्ट करदाता, उत्कृष्ट कृषक, उत्कृष्ट पशुपालक, एसईईमा सामाुदायिक र संस्थागत बिद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थी, उत्कृष्ट उपभोक्ता समिति, उत्कृष्ट निर्माण ब्यवसायी, उत्कृष्ट खेलाडी, उत्कृष्ट सञ्चारकर्मी अर्थात फोटो पत्रकार, उत्कृष्ट नगरका कर्मचारी गरी १६ जनालाई सम्मान तथा पुरस्कृत गरेको छ ।

    IMG_4620

    फोटो पत्रकारका रुपमा विकास उप्रेतीलाई नगद १० हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ ।  

    कार्यक्रममा सम्मानीत ब्यक्तित्वका तर्फबाट उत्कृष्ट करदाता कुमारमणि पोखरेल, उत्कृष्ट खेलाडी रोमा थापालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

    कार्यक्रमको सञ्चालन नगरकी योजना शाखा प्रमुख जमुना कटुवालले  गर्नुभएको कार्यक्रममा नगरका वडाध्यक्षहरुसहित जनप्रतिनिधि, बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, कर्मचारी, बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको बाक्लो उपस्थिति रहेको थियो ।