झापा डिओपी इन्फो । गत २९ गते दमक १० स्थित जहदा टोलको भित्री  सडकमा मे.७ प.३७८९ नम्वरको  स्कुटीले पैदलयात्री ७७ वर्षका देब बहादुर श्रेष्ठलाई ठक्कर  दिदाँ निजको टाउँको, दाहिने हात भाच्चिएको, दुबै  खुट्टा अनुहार  चोट लागि गम्भिर अवस्थामा दमक स्थित निम्स हस्पताल दमकमा  भर्ना गरिएको थियो । 

सामान्य उपचार पछी बिराट टिचिङ अस्पताल बिराटनगर रेफर गरिभेन्टिलेटरमा राखेर उपचार गराइएको थियो ।

  उपचार भइरहेकोमा घर लाने भनी  लाने क्रममा गम्भीर देखिएपछी दमक अस्पताल दमकमा ल्याई इसिजी गराँउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

  स्कुटी चालक जिल्ला तेह्रथुम म्याङलुङ घर भई हाल दमक  नगरपालिका वडा नम्वर १० बसोबास गर्ने थुम नारायण खापुङको छोरा बर्ष १६ को अर्चन खापुङलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालयले दमकले जनाएको छ ।

 जनहितमा जारी

कानुनी प्रकृया पुरा गरी पोस्मार्टम पश्चात मृतकको छोरा सुरेश कुमार श्रेष्ठले सदगतिका लागि  लास बुझाएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।