झापा
वैज्ञानिक डा. महावीर पुन आत्मवृतान्त पुस्तक ‘महावीर पुन सम्झना सपना र अविरल यात्रा’ बिक्री अभियानका क्रममा यति बेला झापामा छन् । उनी वीरगञ्जस्थित कृषी औजार कारखाना संचालनका लागि पुस्तक बिक्री गर्दै देश दौडाहमा निस्किने क्र्रममा झापा आइपुगेका हुन् ।
यहि क्रममा उनले झापाको बिर्तामोड स्थित आर्दश स्कुल अफ मेनेजमेन्टका विद्यार्थी तथा व्यवस्थापनलाई पुस्तक बिक्रि गरेका छन् । उनले एउटा महत्वपुर्ण लक्ष्य र योजनाका साथ आफु पुस्तक बिक्रि गर्दै देश दौडाहमा निस्किएको बताए ।














